विकास प्रेमी नेताका रुपमा चिनिएका वडा अध्यक्ष कार्कीले एक वर्षमा के-के काम गरे ?

काठमाडाैं । प्युठान जिल्लाको माण्डवी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष हुन् धनेन्द्र कार्की । उनी अध्यक्षको रूपमा निर्वाचित भएर आएको १ वर्ष पूरा भएको छ ।

यो बीचमा शिक्षा, स्वास्थ्य, सडक निर्माण आदि सबै क्षेत्रमा विशेष जोड दिएर काम गरेको उनी बताउँछन् । स्थानीय तहमा निर्वाचित भएर आएपछि वडाको विकास निर्माणको कामले तीव्रता लिएको उनी दाबी गर्छन् ।

यसका साथै निरन्तरको प्रयास, पालिका, प्रदेश, संघीय सरकारको सहयोग तथा चुनाैतीसँग जुध्दै वडाले पूर्वाधार विकासमा एक पछि अर्को फड्को मारिरहेको अध्यक्ष कार्कीले बताए । ,

वडा अध्यक्ष कार्की नेपालमै अन्य वडाभन्दा फरक गतिबिधि गर्दै आइरहेका छन् । उनी मनकारी वडा अध्यक्षकाे परिचित छन् । उनी शनिबार पनि घरमा नबसी वडावासीकाे घरदैलाेमा समस्या सुन्न हिड्छन् । उनी निर्वाचित भएपश्चात यसरी लागेका छन्, कि हरेक शनिबार स्थानीयको घर दैलोमा पुगेर समस्या समाधान गरिरहेका छन् ।

व्यक्तिगत नै किन न होस सहयोग गर्न पछि हटदैनन् वडा अध्यक्ष कार्की। वडा अध्यक्ष कार्की निश्वार्थ रुपमा स्थानीयलाई नजिकको सरकार महसुस गराउन सफल जनप्रतिनिधि पनि हुन्।

हुन त वडामा जनप्रतिनिधि आइसकेपछि वडाको फेरिएको मुहार जोसुकैले सहजै थाहा पाउन सक्छन् । तर वडा अध्यक्ष कार्की भन्छन्, ‘ मेरो एकल प्रयासले मात्र यी काम सम्भव भएकाे हाेइन, साथमा निर्वाचित भएर आएका जनप्रतिनिधि साथ र सहयोगले भएकाे हाे।’

१ वर्षको कार्यकाल निकै सकारात्मक रहेकाे वडा अध्यक्ष कार्कीकाे भनाइ छ। उनले भने, ‘निर्वाचित भएर आएपछि सुरुवाती दिनमा कानुन, कार्यविधि केही नियम तथा निर्देशिकाको अभावका कारण केही समस्याहरू झेल्नु पर्यो । हामी माथि जनताका आशा र अपेक्षा धेरै छ । हामीले अधिकांश कामहरू गर्न बाँकी नै छ।’

वडाले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारका क्षेत्रमा धेरै कामहरू गरेको छ । उनले भने, ‘यस अवधिसम्म आइपुग्दा हामीले धेरै रचनात्मक कामहरू गर्न सफल भयौं । सुरुवाती दिनमा अप्ठ्यारो महसुस भयो, धेरै संर्घषका बाबजुद अब हामी सजिलो अवस्थामा आइपुगेका छौं।’

उनको नेतृत्वमा एक वर्षमा वडामा ग्राभेल, नाला व्यवस्थापन, बिजुली, खानेपानी, शिक्षा, स्वास्थ्य, सरसफाई तथा सार्वजनिक सम्पदाको संरक्षण र सौन्दर्यकरणको काम भएको छ ।

सामाजिक विकास तर्फ पनि वडाले पाइला चालिरहेको छ । सामाजिक विकासका रुपमा वडाले सिप विकासका कार्यक्रमहरु तथा स्वरोजगारका कार्यक्रमहरुलाई प्राथामिकताका साथ अघि बढाएको छ ।

वडामा विजुली विस्तार गरिएको वडा अध्यक्ष कार्कीले जानकारी दिनुभयो। उहाँले भन्नुभयो,’विशेष गरेर वडाका टोल, टोलमा सडक बत्ती विद्युतको पोल विस्तार गरिएको छ।’

वडा अध्यक्ष कार्कीले भन्नुभयो , ‘शैक्षिक गुणस्तरमा विशेष जोड दिएका छौं । वडा अध्यक्ष कार्की विद्यालयमा आफै गएर पनि सरसफाई लागायतका गतिबिधि गरिरहेका छन् ।

उनले भने, ‘हामीले स्वास्थ्य क्षेत्रमा पनि धेरै राम्रो कामहरू गरेका छौं । हामी निर्वाचित पदाधिकारीहरूको कार्यकाल १ वर्ष सकिएको छ । हामी निर्वाचनमा जाँदा जनतालाई गर्न नसकिने प्रतिबद्धता र आश्वासन दिएका थिएनौं ।’

उनले थप्दै भन्रुभयाे, ‘गर्न सकिने काम इमानदारिता र पारदर्शी रूपमा गर्नेछौं भनेका थियौं । अहिले ती काम गरिरहेका छौं । खर्चिलो र भौगोलिक विकटता विकासका लागि बाधकका रूपमा देखा परेको छ । प्रतिकूलताकै बिचमा वडाका धेरै काम गर्न सफल भएका छौं । हाल हामीले यस चालु आर्थिक वर्षको ९५ प्रतिशत कामहरू सकिसकेका छौं भने वडामा थप कामहरू भइरहेका छन्।’ सभार वडाखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार