‘चीनले नेपाललाई ऋण जालमा फसाउन खाेज्याे’

काठमाडाैं । राष्ट्रिय एकता अभियानका अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले चीनले नेपाललाई ऋण जालमा फसाउन रणनीति बनाइरहेकाे बताएका छन्।

जनकपुरमा अभियानले आयाेजना गरेकाे नेपालप्रति चिनियाँ अभ्यास र असर विषयक विचारगोष्ठीमा बाेल्दै उनले चीनले नेपाललाई ऋण जालमा फसाई श्रीलंका बनाउन रणनीति बनाइरहेकाे बताएका हुन् ।

उनले चीनले पछिल्लाे समय नेपालमाथि विभिन्न काेणबाट आँखा लगाइरहेकाे टिप्पणी गर्नुभयाे । उनले भने,’उतर तीरबाट नेपाली भूमि क्रमशः अतिक्रमण भइरहेकाे छ, चीनले देश भित्र राजनीतीक हस्तक्षेप गर्नुका साथै अघोषित नकाबन्दलाई निरन्तरता दिइरहेकाे छ।’

उनले नेपाललाई चीनले तिब्बत बनाउने षड्यंन्त्र गरिरहेको समेत खुलासा गरे । उनले भने,’चीनको तिब्बतीकरण गर्ने षड्यंन्त्रको विरोधमा अब सम्पूर्ण नेपालीले एकजुट भई आवाज उठाउने बेला आएको छ।’

त्यसैगरी गाेष्ठीमा साहित्यविद् सुदर्शन लाल कर्णले नेपलालाई श्रीलंका बनाउने रणनीतिमा चीन लागेकाे आराेप लगाए । उनले भने,’चीनले नेपाललाई श्रीलंका बनाउनु खाेजिरहेकाे छ, चीनले पाेखरा विमानस्थलमा लगानी गरेर विमानस्थल कब्जामा लिने षडयन्त्र गरिरहेकाे छ।’

उनले चीनले बीआरआईमार्फत नेपाललाई ऋण जालमा पार्न विभिन्न काेणबाट कसरत गरिरहेकाे पनि जिकिर गरे । उनले भने,’चीनकाे विस्तारवादी नीतिलाई राेक्नु पर्छ, नेपाललाई चिनियाँ ऋणकाे जालमा फस्न दिनु हुँदैन।’

संविधानसभा सदस्य विपी यादवले चीनकाे विस्तारवादी नीतिलाई हामी सबै जना मिलेर नराेकेसम्म नेपालकाे विकास सम्भव नहुने जिकिर गरे ।

उनले भने,’कहिले चीनका लागि नेपाली राजदूतकाे ओहाेदा प्रमाण पत्र नबुझिदिने त कहिले काठमाडाैंमा रहेकाे चिनियाँ दूतावासमार्फत चीनले नेपालकाे आन्तरिक राजनीतिमा हस्तक्षेप गर्न लगायतकाे काम गरिरहेकाे छ।’

धर्मिक अभियंता भोगेन्द्र लाल कर्णले सनातन संस्कृति नेपालको आत्मा भएको बताउनु भयाे । उहाँले भन्नुभयाे,’समाजमा चली रहेको जातीय द्वन्दलाई समाधान गर्न राष्ट्रीय एकता को सूत्र हिन्दु संस्कृति नै हो त्यसकारण देशलाई संघिय हिन्दु गणतंत्र कायम गरी अघि बढ़णु पर्ने अहिलेकाे आवश्यकता रहेको छ।’

कार्यक्रममा हिन्दी अभियन्ता रमन पाण्डेय, मारवाड़ी सेवा समितिका अध्यक्ष निर्मल चौधरी, डा. बीरेंद्र कुमार, प्राध्यापक बालकेश्वर ठाकुर, धर्मिक अभियंता भोगेन्द्र लाल कर्ण, वन्दना पाण्डेय लगायतले चीनले नेपाललाई ऋण जालमा फसाई श्रीलंका बनाउन खाेजिरहेकाे भन्दै सतर्क हुन जाेड दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार