विराटनगरबाट ३५ किलो चाँदीका गहनासहित ३ जना पक्राउ

मोरङ । मोरङ प्रहरीले चाँदीका गहनासहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा विराटनगर १२ का २१ वर्षीय राजकुमार कामत, १९ वर्षीय विवेक गौतम र २२ वर्षीय श्रीकान्त दास रहेका छन् ।

विराटनगरबाट प्रहरीले चोरी गरेको ३५ केजी चाँदीका गरगहना बरामद गरेको हो । सुन, भारु २५०० नेपाली रुपैयाँ एक हजार ७३० र दुई थान मोबाइल बरामद गरेपनि उनीहरूले २० तोला सुन यसअघि नै भारतीय बजारमा लगेर बिक्री गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उनीहरुको साथबाट ३५ केजी चाँदी, ८ ग्राम उनीहरूले चोरी गरेको गरगहना करिब ६१ लाख मुल्य बराबरको रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार