४ हजार ७ सयवटा सिम कार्डसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं । अवैध भिओआइपी सञ्चालनमा संलग्न रहेको अभियोगमा एक चिनियाँ नागरिकसहित दुई जनालाई पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को टोलीले मंगलबार ललितपुरबाट दुईजनालाई पक्राउ गरेको हो।

ललितपुरमा वैकुण्ठराज बुढाथोकीको घरमा कोठा भाडामा लिएर बसेका ४० वर्षीय चिनियाँ नागरिक यस घटनाका मुख्य अभियुक्त भएको देखिएको छ। प्रहरीले नेपाली नागरिक गणेश श्रेष्ठलाई पनि नियन्त्रणमा लिएको छ।

प्रहरीले कोठाबाट ४ लाख ८३ हजार नेपाली रुपैयाँ सहित केही विदेशी नोट समेत बरामद गरेको छ। प्रहरीले २ हजार ४०३ वटा नेपाल टेलिकमको सिम र १ हजार ३०० वटा एनसेलको सिमकार्ड समेत बरामद गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार