समाजवादी गलैचा श्रमिक संगठनद्वारा नि:शुल्क स्वास्थ्य शिविर

काठमाडाैं । समाजवादी ट्रेड युनियन महासंघसँग आबद्ध घटक संगठन समाजवादी गलैचा श्रमिक संगठनले नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेकाे छ ।

मंगलबार काठमाडाैंकाे कुमारीगालमा रहेकाे सिटी कार्पेटकाे प्राङ्गणमा सम्पन्न शिविरमा २ सय जनाभन्दा बढी श्रमिकले स्वास्थ्य लाभ गरेका गरेका हुन् । शिविरमा नाक, कान, घाँटी, आखा र दाँतकाे विज्ञ स्वास्थ्यकर्मीहरूकाे टाेलीले चेकजाँच तथा उपचार गरेकाे थियाे ।

समाजवादी ट्रेड युनियन महासंघले श्रमिकहरूकाे कार्यथलाेमै स्वास्थ्य सेवाकाे पहुँच पुर्याउने उद्देश्यले स्वास्थ्य शिविरलाई अभियानकै रूपमा अगाडि बढाइएकाे महासंघका अध्यक्ष अर्जुन लम्सालले बताउनु भयाे ।

साे अवसरमा समाजवादी गलैचा श्रमिक संघका अध्यक्ष सुरेश माेक्तान, गाेविन्द तामाङ, अशाेक माेक्तान र महासंघका उपाध्यक्ष पूर्ण माेक्तान, महासचिव दयाराम राई लगायतकाे उपस्थिति रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार