आजको मौसम : यी प्रदेशमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

जसकारण कोशी प्रदेशको केही स्थान, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा र देशको बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी प्रदेशमा सामान्य बदली रही देशका बाँकी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी तराई भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहनेछ । आज राति कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागको थोरै स्थानमा तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मेघगर्जन र चट्याङसहित बाढी, पहिरो भू–क्षय र गेग्रान बहावको सम्भावना रहेको तथा वर्षाका कारण नदीको स्तर बढेर हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार