काठमाडाैंमा दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३, सुन्ताखानबाट श्रोत नखुलेको नेपाली रुपैयाँसहित दुई चिनियाँ नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने चिनयाँ नागरिक ४६ वर्षीय झु झियानछियान र ४५ वर्षीय झु जिनफांग रहेका छन्।

नगद ६ लाख रुपैयाँ र दुई हजार चिनिया युआनसहित उनीहरूलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

गोकर्णेश्वर नगरपालिका–३ सुन्ताखानस्थित भाडामा बस्दै आएका चिनियाँ नागरिकहरूले गैह्र कानूनी क्रियाकलाप गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर टेकु र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार