‘नेपाल ऋणको पासोमा पर्न सक्ने जोखिम बढ्याे’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले सार्वजनिक ऋणको सदुपयोग आर्थिक वृद्धिमा नगरी ऋण उठाउँदै ऋण नै तिनुपर्ने अवस्थाले मुलुक टाट पल्टिन सक्ने जोखिम रहेको बताएका छन् ।

संसदमा राष्ट्र ऋण उठाउने विधेयकमाथि बुधबार टिप्पणी गर्दै डा. वाग्लेले नेपाल श्रीलंका जस्तै अवस्थामा नपुगे पनि ऋणको पासोमा भने पर्न जाने जोखिम रहेको बताएका हुन् ।

निर्यातबाट डलर नआइरहेको र रेमिट्यान्समा भरथेग भइरहेको अवस्थामा तलमाथि हुनासाथ नेपाल टाट पल्टन सक्ने उनले बताए ।

पछिल्लो ७/८ वर्षमै सार्वजनिक ऋण २० प्रतिशत विन्दुले बढ्नु डरलाग्दो अवस्था रहेको भन्दै उनले यो रकम कहाँ खर्च भइरहेको छ भन्दै प्रश्न गरे । सार्वजनिक ऋणले आर्थिक वृद्धिमा सहयोग गर्नुपर्ने समेत उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार