आज श्री एयरलाइन्सका सबै उडान स्थगित, प्राविधिक परीक्षण गरिने

काठमाडौं । श्री एयरलाइन्स प्रालिले आज आइतवारका लागि निर्धारित सबै उडान स्थगित गरेको छ ।

एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले शनिवार प्रेस नोट जारी गर्दै आइतवारका सबै उडान स्थगित गरिएको जानकारी दिएका हुन् ।

उडान स्थगित गरी आइतवार कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय भएको एयरलाइन्सले जनाएको छ । भोलि सोमवारदेखि सबै उडान सञ्चालन गरिनेछन् ।

शनिवार मात्रै काठमाडौंबाट धनगढीका लागि ३ः३० बजे उडेको विमानमा प्राविधिक समस्या आएपछि काठमाडौं नै फिर्ता ल्याईएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार