नेपाल–भारतबीच पञ्चेश्वरको डिपिआर बनाउन सहमति

पोखरा । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तीन महिनाभित्र सक्ने सहमति भएको छ । नेपाल–भारतबीच (गभर्निङ बडी) को पोखरामा भएको आठौँ संयुक्त बैठकले तीन महिना भित्रै डीपीआर बनाउने सहमति भएको हो ।

नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र भारतको जनशक्ति मन्त्रालयका सचिव पङ्कज कुमारले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हालसालै भएको भारत भ्रमणको अवसरमा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको तीन महिनाभित्र विस्तृत आयोजना प्रतिवेदनलाई टुङ्गो लगाउने दुई देशका प्रधानमन्त्रीहरुबीच भएको सहमतिलाई यथाशीघ्र कार्यान्वयन गरिन लागेको छ ।

सहमति अनुसार पञ्चेश्वर विकास प्राधिकरणका दुवै देशका कार्यकारी समितिका सदस्यहरुलाई प्राधिकरणको प्रमुख कार्यालय, महेन्द्रनगरमा एक महिनाभित्र खटाइने छ ।

आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) लाई तीन महिनाभित्र अन्तिम रुप दिन एवम् सो प्रतिवेदनको कार्यान्वयनमा सघाउ पुऱ्याउन दुवै देशको सरकारद्वारा गठित विज्ञ समूह (टिम अफ एक्सपर्ट्सरअफिसियल) को म्याद छ महिना थप गर्ने र विज्ञ समूहको चौथौं बैठक आगामी दश दिनभित्र आयोजना गर्ने बैठकमा सहमति भएको छ ।

साथै, बैठकले आर्थिक वर्ष सन् २०१९, २०२०, २०२१ र २०२२ को बजेट अनुमोदन तथा आर्थिक वर्ष २०२३ को बजेट समेत स्वीकृत गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार