चिनियाँ एप टिकटकका कारण २ सय ८ प्रहरी कारबाहीमा

काठमाडौं । बर्दी लगाएर टिकटक भिडियो बनाएका २०८ जना प्रहरी कारबाहीमा परेका छन् ।

प्रहरी प्रधान कार्यालयले बर्दी लगाएर भिडिओ बनाई टिकटकमा राख्ने प्रहरीलाई कारबाही गरेको जानकारी दिएको छ ।

जसअनुसार २०७७ सालदेखि असार २२ गतेसम्म २०८ जना प्रहरी कारबाहीमा परेका हुन् ।

चेतावनीपछि पनि उक्त कार्य दोहोरिएमा एक दिनको तलब कटौतीदेखि बढुवा रोक्कासम्मको कारबाही हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार