नमस्ते ग्यास उद्याेगका सञ्चालक फुयाँलकाे सम्पति लिलामकाे तयारीमा

काठमाडौं । नमस्ते ग्यास उद्याेग प्रालिका सञ्चालक सुरेन्द्र प्रसाद फुयाँलकाे सम्पति लिलाम अवस्थामा आएकाे छ ।

नेपाल बैंक लिमिटेडले असार २७ गते एक सूचना प्रकाशित गर्दै ऋणी फुयाँलले ३५ दिनभित्र कर्जा चुक्ता गरे उहाँकाे सम्पति लिलाम हुने जनाएकाे छ ।

उक्त समयावधिभित्र कर्जा चुक्ता नगरे धितोमा रहेको घरजग्गा लिलाम गरिने बैंकले जनाएकाे छ ।

ऋणी फुयाँलले कर्जा लिई बैंकलाई तिर्नुपर्ने साँवा ब्याज नतिरेको र बैंकले पटकपटक लिखित तथा मौखिक रुपमा सूचीत गर्दासमेत कर्जा चुक्तामा बेवास्ता गरेको भन्दै ३५ दिनभित्र कर्जा चुक्ता गर्न सूचना प्रकाशन गरेको हाे ।

सो समयावधिभित्र पनि कर्जा चुक्ता नभएमा धितोमा रहेको घरजग्गा लिलाम गरिने साथै ऋणी तथा जमानतकर्ताको नाम पनि कर्जा सूचना केन्द्रको कालोसूचीमा राखिने समेत बैंकले जनाएको छ ।

उक्त सम्पत्ति लिलाम बढाबढबाट लिन इच्छुक जो कोहीले साउन ३१ गते वा सोको लगत्तै उल्लेखित शाखामा उपस्थित भई आफूले सकार गर्न चाहेको मूल्यमा बोल कबोल गर्न सकिने बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार