न्यूनतम पारिश्रमिक २६ हजार ३४८ कायम गर्न माग गर्दै ज्ञापन-पत्र

काठमाडौं । समाजवादी ट्रेड युनियन महासंघले श्रमिकहरुको न्यूनतम पारिश्रमिक मासिक २६ हजार ३४८ रुपैयाँ बनाउन माग गर्दै शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई ज्ञापन-पत्र बुझाएको छ ।

महासंघका अध्यक्ष अर्जुन लम्साल नेतृत्वको टोलीले सिंहदरबारस्थित मन्त्रालय परिसरमा पुगेर ज्ञापन-पत्र बुझाएको हो ।

महासंघले श्रम ऐन-नियमावली, ट्रेड युनियन ऐन-नियमावली लगायत श्रम सम्बन्धी ऐन तथा नियमहरु समयसापेक्ष संशोधन गरी कार्यान्वयन गर्नुपर्ने,

श्रम प्रशासन सुधार गरी श्रम निरिक्षण प्रणाली, श्रम अडिट, कार्यस्थलमा व्यवसायजन्य स्वास्थ्य र सुरक्षा समिति निर्धारण लगायतका श्रमिक पक्षका कामहरु प्रभावकारी कार्यान्वयन गर्नुपर्ने,

सबै स्थानीय तहमा श्रमिकहरुको पञ्जिकरण गरी अभिलेख प्रणाली कायम गर्नुपर्ने लगायत माग राखेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार