सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक पक्राउ

काठमाडौं । सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक पक्राउ परेका छन् ।

बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक लिङ चुवान पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनी नेपाल छोडेर जाने तयारीमा रहेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् । उनी तिब्बत एयरमार्फत चीन जान लागेका थिए ।

उनीसँगै चितवनका अशोक लामा पनि पक्राउ परेका छन् । एक क्विन्टल सुन तस्करीमा लिङको भूमिका देखिएको छ ।

रेडी ट्रेडलिंक बुढानीलकण्ठका नाममा हङकङबाट ल्याइएको उक्त सुन विमानस्थलको भन्सार जाँचपास भएर ट्याक्सीमा लैजान लागिएको अवस्थामा राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको हो ।

यसअघि उक्त अवैध सुन ल्याउने कार्यमा संलग्न भएको आरोपमा ६ जना पक्राउ परिसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार