चिनियाँ नागरिकको गोदाममा भेटियो सुन गाल्ने मेसिन

काठमाडाैं । सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिक जिक्वाङ लिङको काठमाडौंको बालुवाटारस्थित उनको गोदाममा राजस्व अनुसन्धान विभागले छापा मारेको छ ।

विभागले उनको गोदामबाट सुन गाल्ने मेसिन बरामद गरेको छ । सो मेसिन राष्ट्र बैंकसँग रहेको सुन गाल्ने मेसिनभन्दा निकै ठूलो रहेको विभाग स्रोतले जानकारी दिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट विभागले २ साउनमा एक क्वीन्टल सुन बरामद गरेको थियो । चिनियाँ नागरिक जिक्वाङ लिङ ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । उनी यो बरामद भएको सुनका एक जना मालिक रहेको बताइएको छ ।

हङकङबाट कार्गो गरेर नेपालको रेडी ट्रेड कम्पनीको नाममा ब्रेकशुभित्र लुकाएर ठूलो परिमाणमा सुन ल्याएको भेटिएको थियो। त्यसपछि विभागले यो प्रकरणमा व्यापाक अनुसन्धान गरिरहेको छ । आजै विभागले एक जना व्यवसायीको घरमा, रेडी ट्रेड कम्पनीको सोह्रखुट्टेस्थित गोदाममा र चिनियाँ नागरिकको गोदाममा छापा मारेको हो ।

यो प्रकरणमा आजै थप एक जना पक्राउ परेका छन् । हालसम्म यो प्रक्रमणमा चिनियाँ, भारतीय, भन्सारका कर्मचारी र एजेन्टसहित १७ जना पक्राउ परिसकेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार