मिसेस नेपाल वर्ल्ड दीक्षालाई ईलेक्ट्रिक स्कुटर प्रदान

काठमाडाैं । मिसेस नेपाल वर्ल्डकी विजेता दीक्षा केसीलाई इलेक्ट्रीक स्कुटर पुरस्कार हस्तान्तरण गरिएको छ। बुधबार लतिलपुरमा एक समारोहबीच विजेता केशीलाई रातो रंगको सो इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरिएको हो ।

मिसेस नेपाल वर्ल्डका आयोजक तथा रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झा, मिसेस नेपाल वर्ल्डका अफिसियल कोरियोग्राफर अश्विनी कान्त झा, एस वे कम्पनीकी गृष्मा शाक्य तुलाधरलगायतले ललितपुरमा एक समारोहबीच दिक्षालाई सो स्कुटर हस्तान्तरण गरेका हुन् । रिवन इन्टरटेनमेन्ट प्रालिले आयोजना गर्दै आएको मिसेस नेपाल वर्ल्डको सुन्दरी प्रतियोगितामा केशीले ताज़सँगै स्कूटर जीतेकी थिइन ।

गत वर्ष सम्पन्न मिसेस नेपाल वर्ल्डको फाईनलमा दीक्षाले उपाधिसँगै अमेरिकामा आयोजना हुने मिसेस वर्ल्डमा नेपालका तर्फबाट प्रतिनित्व गर्दै सहभागी हुने अबसर, इलेक्ट्रिक स्कुटर, पोखराको टुर प्याकेज हाँसिल गरेकी थिईन् । सोही पुरस्कार स्वरुप आफुहरुले इलेक्ट्रिक स्कुटर प्रदान गरेको मिसेस नेपाल वर्ल्डका आयोजक निशुकान्त झाले कार्यक्रममा बताए ।

दीक्षाले सो स्कुटर ग्रहण गर्दै आफुसँग अरु स्कुटर भए पनि इलेक्ट्रिक स्कुटर नभएका कारण यो स्कुटर महत्वपूर्ण हुने बताइन् । हालै मात्र मिसेस नेपाल वर्ल्डको तर्फबाट आफुले अमेरिकामा सम्पन्न मिसेस वर्ल्डमा नेपालको प्रतिनिधित्व गरेर आएको पनि उनले जानकारी गराइन् । मिसेस वर्ल्डको स्टेजमा आफुले नेपालको कला संस्कृति प्रस्तुत गरेर नेपाललाई चिनाएको पनि उनले जनाइन् ।

यतिबेला आफुहरु मिसेस नेपाल वर्ल्ड २०२३ को तयारीमा जुटेको सो पेजेन्टका कोरियोग्राफर अश्विनी कान्त झाले बताए । अमेरिकामा सम्पन्न मिसेस वर्ल्डमा दीक्षाले आफ्नो प्रस्तुति राम्रो दिएको र अब हुने मिसेस नेपाल वर्ल्ड बिजेताले दीक्षाबाट धेरै अनुभवहरु सिक्न सक्ने विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार