काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक लाख चिनियाँ युआनसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन्।
अवैध रूपमा लुकाइछिपाइ लैजान लागेको १ सय दरका १ हजार थान चिनियाँ युआनसहित बुधबार बिहान चिनियाँ नागरिक ५८ वर्षीय होङ होङलाई प्रहरीले पक्राउ गरेको हो।
एयर चाइनाको उडानद्वारा काठमाडौंबाट चीनको छेन्दु प्रस्थान गर्न लागेका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको झोलाबाट उक्त चिनियाँ युआन फेला परेको हो।
उनलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा हरिहरभवन, ललितपुर पठाइएको प्रहरीले जनाएको छ।

154 पटक हेरिएको 

