नेपालको भारतसँग रेल्वे कनेक्टिभिटी बढ्दै

काठमाडाैं । नेपाल र भारतबीचका रेलसेवा निरन्तर विस्तार हुँदै गएको छ । रेलमार्गहरु निरन्तर विस्तारका क्रममा छन् भने नयाँ निर्माण प्रक्रियाले तिव्रता पाएको छ ।

भारतको रक्सौल शहरबाट काठमांडू जोड्ने १३६ किलोमिटर रेलमार्गको लोकेशन सर्भे अन्तिम चरणमा पुगेको छ ।

नेपालको भौतकि पूर्वाधार मन्त्रालयमा सर्भे प्रतिवेदनको मस्यौदाबारे वृस्तृत अध्ययन भइरहेको छ । मन्त्रालयका सहसचिव अर्जुनजङ्ग थापाले अध्ययनका लागि समिति गठन भई काम भइरहेको जानकारी दिए ।

भारतको जयनगरबाट नेपालको जनकपुरबाट कुर्था हुँदै बिजलापुरासम्म रेलसेवा विस्तार भइसकेको छ । कुर्था बिजलापुरा खण्ड भारतीय रुपैयाँ ७.८३ अर्बमा निर्माण भएको हो । यसका लागि भारत सरकारले अनुदान सहयोग गरेको छ । जयनगरबाट बिजलापुरासम्मको रेलमार्गको दूरी ५२ किलोमिटर छ ।

अब रेलमार्ग नेपालको महोत्तरी जिल्लाको बर्दिवाससम्म विस्तार हुँदैछ । यसका लागि नेपाल सरकारले जग्गा अधिकरण गरिरहेको छ । जग्गा अधिकरणपछि निर्माण कार्य हुने नेपालको रेल विभागले जनाएको छ । बर्दिवाससम्म विस्तार हुने रेलमार्ग पनि भारतीय अनुदान सहयोगमा बन्ने नेपाल र भारतबीच भएको सम्झौतामा उल्लेख छ ।

बर्दिवास मधेश प्रदेशबाट नेपालको पहाडी भागतर्फ जाने महत्वपूर्ण बिन्दु हो । यसकारण पनि यसको रणनीतिक महत्व छ ।

पूर्वी नेपालको विराटनगरमा भारतको जयनगरबाट रेलसेवा सञ्चालनमा आइसकेको छ । जून १ बाट भारतको बथनाहबाट विराटनगरसम्म १६.६ किलोमिटर रेलमार्ग निर्माण भएपछि सञ्चालनमा आएको हो । रेलमार्ग भारतको ३ अर्ब ८० लाख अनुदान सहयोगमा निर्माण भएको हो । रेलमार्गको १३.५ किलोमिटर नेपाली भागमा पर्छ ।

यसरी, नेपालको भारतसँग रेल कनेक्टिभिटी बढ्दै गएको छ जुन तराई हुँदै पहाडतर्फ विस्तारको क्रममा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार