सुन तस्करी प्रकरणमा थप ४ जना चिनियाँ नागरिक पक्राउ

काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेको सुन तस्करी प्रकरणको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधवार थप ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने चिनियाँ नागरिकमा डीङ सेग्फा, वेन तोङ, ली–नेङकाई र टीयान मी रहेका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । उनका अनुसार पक्राउ परेका चिनियाँ नागरिकलाई अवैध सुन ओसारपसार तथा संगठित अपराधअन्तर्गत मुद्दा चलाइने छ ।

उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ । सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २१ पुगेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कडायतले बताए ।

राजस्व अनुसन्धान विभागले साउन ३ गते सुन सहितको १५५ किलो ब्रेक शु बरामद गरेको थियो । तर मंगलवार गालेर जोख्दा ६० किलो मात्र सुन भएको पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार