चीनले किमाथाङ्का नाका नखोल्दा संखुवासभाको उत्तरी क्षेत्रमा खाद्यान्न संकट

संखुवासभा । संखुवासभाको चीनसँग सिमाना जोडिएको किमाथांका नाका नखुल्दा संखुवासभाको भोटखोला क्षेत्रमा खाद्यान्न संकट भएको छ ।

कमाथांका नाका लामो समय बन्द हुँदा स्थानीयको दैनिकी कष्टकर बनेको हो ।

नाका खुलाउन सरकारसँग हारगुहार गरेपनि सुनुवाई नभएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले बताउनुभएको छ ।

हिमाली क्षेत्रमा केही दिन यता हिउँ परेर जनजीवन कष्टकर बनेपछि खाद्यान्न संकट झन चुलिएको छ ।

यस क्षेत्रमा आलु, मकै, गहुँ, जौ मात्रै उत्पादन हुने भएकाले अन्य खाद्यान्नका लागि चिनियाँ बजारमा भर पर्नुपर्ने बाध्यता छ ।

खाद्यान्न संकट चुलिएपछि तीन/चार दिन भरियालाई बोकाएर खाद्यान्न वितरण गर्न थालिएको गाउँपालिकाले जनाएको छ ।

भोटखोला गाउँपालिका–१ का वडाध्यक्ष नुर्पु च्यांबाले वडावासीलाई चामल, नुन, तेललगायतका दैनिक उपभोग्य सामाग्री वितरण गरेको जानकारी दिनुभयो ।

तत्कालको संकटका लागि गाउँपालिको तर्फबाट दुई लाख १० हजार, पर्यटन व्यवसायी जेनजेन लामाबाट तीन लाख ५५ हजार र भोटखोला–१ बाट दुई लाख रूपैयाँ गरी सात लाख ६५ हजार रूपैयाँ बराबरको खाद्यान्न वितरण गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार