जसपाले मनायो ‘मधेश दिवस’

बालकुमारी ललिपुर । जनता समाजवादी पार्टी, नेपाल आवद्ध बौद्धिक पेशाकर्मी महासघंले ‘प्रथम स्वाभिमान दिवस’ मनाएको छ । बुधवार जसपा पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा भएको थियो ।
२०७९/१०/०३ गते प्रदेश नं.२ लाई ‘मधेश प्रदेश’ नामकरण गरेको मितिमा नै ‘मधेश दिवस’ आयोजना गरेको हो ।

कार्याक्रमका प्रमुख अथिति जसपा कार्याकारणी सदस्य मा. नवलकिशोर साहले ‘आफु त्यस कार्यकालको मन्त्री पनि भएकोले मधेश प्रदेश घोषणा गर्न जम्मा संख्याको आफुहरु एक तिहाई पनि नभई सम्पुर्ण सदनबाट नाम पास गराउने कुरा त्यती सहिलो नरेको बताए ।’ उनीले स्मरण गर्दै भने ‘यता देउवा कांग्रेस एक तिर, उता निधी कांग्रेस अर्को तिर , एमाले केन्द्रीय नेताले उति नै टाइट गरेका थिए’ उनी भने– तर यस अर्थमा सबै पार्टीका माननीयज्युहरु लाई धन्यवाद दिन्छु कि उहाँहरुले हाम्रा आग्रहलाई स्वीकार गरेर यो एजेण्डामा सहमति हुनु भयो । नेपालको ईतिहासमा पहिचानमा आधारित प्रदेश नामकरण गर्न सफल भयौ ।
जनता समाजवादी पार्टीको हालै भएको केन्द्रीय समितिको बठैकले नै उक्त मितिमा ‘मधेश दिवस’ भव्य रुपले मनाउने निर्णय भएको थियो ।

त्यसै गरि विषेश अथिति अमरेश नारायण झाले भने –अहिले प्रदेशमा सुशासनको कुरा गरेर मधेशमा केही संघीयता र पहिचान विरोधीहरुले समाजिक संजालमा हल्ला गरि रहेका छन् । त्यहा कसरी सुशासन हुन्छ ? उनीले भने – जुन प्रदेशको आपनो पुलिस, प्रशासन हुदैन । संधियताले देशलाई आर्थिक भार परेको भनेर विना आधार तत्थ्यहिन समाचार विरोधीले फैल्याएको प्रति चिन्ता व्यक्त गरे ।

कार्यक्रममा विषेश अथितिको रुपमा शिक्षा राज्य मन्त्री मा. प्रमिला यादव , विदेश विभाग प्रमुख अर्जुन थापा, प्रचार विभाग प्रमुख पुर्णबहादुर बस्नेत समाजवादी खस संघका अध्यक्ष प्रेमनारायण थापा, सुरेन्द्र यादव, शैलेन्द्र साह, उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको अध्यक्ष महासंघका संयोजक सिताराम साहले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार