काठमाडाैं | माघ ७, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन्।
युगान्डाको राजधानी कम्पालामा भएको असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौं शिखर सम्मेलनमा सहभागी भएर उनी आइतबार बिहान स्वदेश फर्किएका हुन्।
नामको सम्मेलन शुक्रबार र शनिबार भएको थियो। उक्त सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गरेका थिए।
सम्बोधनका क्रममा उनले नेपाल असंलग्न परराष्ट्र नीतिमा दृढ रहेको बताएका थिए।
युगाण्डामा रहँदा प्रधानमन्त्री प्रचण्डले विभिन्न उच्चस्तरीय भेटघाटहरू गरेका थिए।