मिटरब्याज पीडितहरूको आन्दोलनमा ‘न्याय मार्च’ सुरु

काँकडभिट्टा — ‘मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति’ ले मंगलबार पूर्वी नाका काँकडभिट्टाबाट ‘न्याय मार्च’ सुरु गरेको छ । महाकालीको गड्डाचौकी र काँकडभिट्टाबाट एकैपटक मसाल बालेर न्याय मार्च सुरु गरिएको हो । पूर्वमा अध्यक्ष अवधेश कुशवाहा र महाकालीमा प्रवक्ता नीर्ग नवीनले आन्दोलनको अगुवाइ गरेका छन् ।

पूर्वको र पश्चिमवाट पैदल यात्रासहित आउने पीडितहरू चितवनमा भेला भइ पुनः पैदलमार्फत काठमाडौं पुग्ने र त्यहाँ बृहत् सभा आयोजना गरिने जनाइएको छ । देशभर ५ लाखभन्दा बढी मिटरब्याज पीडितहरू रहेको र सवै आन्दोलनमा सहभागी भएको जनाइएको छ ।

मिटरब्याज पीडितहरूको आन्दोलनमा ‘न्याय मार्च’ सुरु

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार