काठमाडौं– विभिन्न दलहरुबाट निर्वाचित समानुपातिक सांसदहरुको योग्यतामाथि प्रश्न उठेको विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहितको इजलासले बुधबारबाट सुनुवाइ सुरु गरेको हो। संवैधानिक इजलासले यसलाई निरन्तर सुनुवाइ गर्ने पनि भएको छ। समानुपातिक सांसदहरुको योग्यतामाथि प्रश्न उठाइएको रिट निवेदनमा बुधबार सर्वोच्च अदालतले अन्तिम सुनुवाइ थालेको र हेर्दा हेर्दैमा राखेर सुनुवाइ गरि टुंग्याउने सर्वोच्च अदालतले जनाएको छ।
प्रधानन्यायाधीश श्रेष्ठ सहित न्यायाधीशहरु डा आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, प्रकाश कुमार ढुंगाना र सुष्मालता माथेमाको संवैधानिक इजलासले मुद्दालाई हेर्दाहेर्दैमा राखेर सुनुवाइ गर्ने आदेश गरेको हो।
सिमान्तकृत, पिछडिएका र राज्यको मूल प्रवाहमा नरहेकाहरुलाई समानुपातिक सूचीमा राख्नुपर्नेमा सबैजसो दलहरुले प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्न डराएका, यसअघि नै राजनीतिको मूल प्रवाहमा रहेकाहरुलाई समानूपातिक सांसद बनाएको भन्दै प्रश्न उठेको थियो।
वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेलगायतले दायर गरेको रिट निवेदनमा सुनुवाइ गरेपछि संवैधानिक इजलासले मुद्दा हेर्दाहेर्दैमा राख्न आदेश दिएको हो। मुद्दाको अर्को पेसी भने तोकिएको छैन।

175 पटक हेरिएको 

