नवलपरासी पूर्व । नवलपरासी पूर्वका किसानहरू दूधको भुक्तानी नपाएको भन्दै विरोध प्रदर्शनमा उत्रिएका छन् । बिहीबार उनीहरूले कावासोतीमा पूर्व-पश्चिम राजमार्ग अवरुद्धसमेत गरेका छन् किसानहरूले सडकमै दूध खन्याएर सरकारविरुद्ध आक्रोश पोखेका छन् ।
किसानहरूले ‘मिल्क होलिडे’ बन्द हुनपर्ने र दूधको मूल्य र बिक्रीको जिम्मा सरकारले लिनुपर्ने माग गरेका छन् । प्रदर्शनका कारण राजमार्गमा यातायातका साधनहरू रोकिएका छन् । पूर्वी नवलपरासीमा दैनिक करिब ७० हजार लिटर दूध बिक्री हुँदै आएको छ ।
सरकारले दूध तथा दुग्ध पदार्थको मौज्दात बढेपछि दूध तथा दुग्ध पदार्थ आयातमा रोकसमेत लगाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागलाई पत्र पठाएर अर्को निर्णय नभएसम्म आयात परमिट जारी नगर्न भनेको छ ।