कर्णाली प्रदेश समिति, जसपामा रुपान्तरित

सुर्खेत । जनता समाजवादी पार्टी, नेपालको कर्णाली प्रदेश समिति र सुर्खेत जिल्ला समिति जनता समाजवादी पार्टीमा रुपान्तरण भएको छ ।
प्रदेश अध्यक्ष देवीकष्ण न्यौपाने र मुख्यसचिव गगनबहादुर सारु मगर लगाएतद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

एकल नेतृत्वको अभ्यास, सांगठनिक पद्धतिको धजी उढाने, आन्तरिक लोकतन्त्रलाई अभ्यास गर्नै नदिने सह अस्तित्व, सहकायृको संस्कृतिलाई लत्याउने सैद्धान्तिक विचलन ,पार्टीको विधि विधान र मार्ग दर्शक सिद्धान्त विपरीत अभिब्क्ति दिने स्वेच्छारी ढंगले पार्टी चञ्चालन पार्टीको महाअधिवेशन सञ्चालनमा एकल निर्णय लाद्दै आपना अनुकुल निर्णय गरी गुट, उपगुट, परिवारवाद, र क्षेत्रीयतावादी संकुचित मानरिकता र व्यवहार प्रदर्शन गर्ने पश्चगामी मनोविज्ञान हावी भएकाले उत्त पार्टी र नेतृत्वमा उत्पीडित खस र अन्य उत्पीडनमा परेका राष्ट्रियतहरु तथा आम नेपाली जनताको मुत्ति र आमुल परिर्वत नहुने पक्का भएर अगल भई नेपालको संविधान धारा २६९ तथा राजनीति दल सम्वन्धी ऐन २०७३ को दफा ३३ र राजनीतिक दल सम्वन्धी नियमावली २०७४ नियम ५ बमोजिम निर्वाचन आयोगमा मिति २०८०। ०१। २४ गते दर्ता नं. १९८ मा दर्ता भई बनेको जनता समाजवादी पार्टीमा कर्णाली प्रदेश तथा सुर्खेत जिल्ला सम्पुर्ण समिति रुपान्तरण भएको जारी विज्ञप्तिमा उल्लेख छ ।

अशोक राईको नेतृत्वमा रहेको जसपाले बडा, पालिका, जिल्ला, प्रदेश, भातृ संगठन लगाएत महासंघ देश भरि नै रुपान्तरण, पुनःगठन, लगाएत संगठानिक कार्य तिव्ररुपमा अगाडि बढाएको कार्यक्रमका प्रमुख अथिति राजनीतिक समिति सदस्य प्रेमनारायण थापाले जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार