कबाड व्यवसायीद्वारा काठमाडाैं महानगर घेराउ, प्रहरीसँग झडप हुँदा केही घाइते (तस्वीरहरू)

कबाड व्यवसायीहरूले काठमाडाैं महानगरपालिकाकाे कार्यालय घेराउ गरेका छन् । आफ्ना मागहरू पूरा गर्न महानगर उदासीन रहेकाे भन्दै आन्दाेलनमा उत्रिएका कबाड व्यवसायीहरूले मंगलबार महानगरकाे कार्यालय घेराउ गरेका हुन् ।

आन्दाेलनका क्रममा प्रहरीसँग झडप हुँदा केही घाइते भएका छन् । रिङरोडभित्रका कबाड हटाउने काठमाडौं महानगरपालिकाको निर्णय नसच्याएसम्म प्रदर्शन जारी राख्ने उनीहरूकाे चेतावनी छ । महानगरले यसअघि माइकिङ गरेर कबाड संकलन केन्द्र हटाउन सूचना गरेको थियो । तर, कबाड व्यवसायीले कबाड संकलन केन्द्र हटाउन नमानेपछि महानगरले डोजरसमेत चलाएको थियो ।

हेर्नुहाेस् तस्वीरहरू :


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार