आलमविरुद्ध प्रशस्त प्रमाण छन्, उच्चको फैसलाविरुद्ध सर्वोच्च जान्छौँ: सरकारी वकिल

हत्या अभियोगमा जन्मकैद भोगिरहेका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफ्ताब आलमलाई सफाइ दिने उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालत जाने सरकारी वकिलले बताएका छन्।

उच्च अदालत, जनकपुरको वीरगन्ज इजलासले आलमलाई सफाइ दिँदा उनका विरुद्धमा कुनै वष्तुनिष्ठ प्रमाण नरहेको र वम विष्फोटको घटना नै भएको यकिन नरहेको भन्ने मुख्य आधार लिएको छ।

तर, सरकारी वकिलले भने आलमसहित सबै अभियुक्तलाई दोषी देखाउने पशस्त प्रमाण रहेको बताएका छन्।

‘मौकामा संकलन भएका प्रमाणहरू छन्,’ उच्च सरकारी वकिल कार्यालय, वीरगन्जका प्रमुख एवं सहन्यायाधिवक्ता कोषहरि निरौलाले भने, ‘उच्च अदालतले के आधारमा सफाइ दियो, त्यो हेर्छौँ, केलाउँछौँ, विश्लेषण गर्छौँ र सर्वोच्च जान्छौँ।’

अदालतले सरकारी वकिललाई अहिलेसम्म आज भएको फैसलाबारे कुनै जानकारी नदिएको पनि उनले बताए।

आफूहरूले फैसलाको पूर्ण पाठको प्रतीक्षा गरिरहेको पनि उनले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार