जनता समाजवदी पार्टीले एक दिने प्रशिक्षण कार्यक्रम २०८२ श्रावण १७ गते शनिवार काठमाडौंको अनामनगरमा रहेको युनियन हाउसमा संचालन गर्ने भएको छ ।
उत्त प्रशिक्षणमा पार्टीको नीति तथा सरकारसंगको सम्बन्धमा चर्चा हुने भएको छ ।
आफना तिन घटक महासंघहरुले संयुत्त रुपमा आयोजना गरेको उत्त प्रशिक्षण कार्यक्रममा पार्टी नेताहरु तथा विज्ञहरुले विषयगत रुपमा प्रशिक्षण गर्ने समाजवादी ट्रेड युनियनका अध्यक्ष अर्जुन लम्सालले जानकारी गराए ।
संघीय परिषद अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले समाजवादको नेपाली बाटोः संघीय समाजवाद पार्टी अध्यक्ष माननीय अशोककुमार राईले विश्व राजनीति र समकालिन नेपाली राजनीतिक परिवेष, महासचिव मो. ईश्तियाक राईले पार्टी संगठन तथा सरकारसंगको समन्वय बारेमा र अन्य नेताकहरुले पनि विषयगत प्रशिक्षण दिने बताएका छन ।

421 पटक हेरिएको 

