एजेन्सी । सिङ्गापुर प्रहरीले मनी लन्ड्रिङ विरुद्ध चलिरहेको अभियान अन्तर्गत छापा मारेर एक अर्ब सिङ्गापुर डलर बराबरको सम्पत्ति जफत गरेको छ । यसलाई नेपाली रुपैयाँमा रूपान्तरण गर्ने हो भने यो ९८ अर्ब २६ करोड रुपैयाँ बराबर हो । यसमा सुन, महँगा कार, विलासी घर, डिजाइनर ह्यान्डब्यागलगायत २३ मिलियन सिङ्गापुर डलर नगद समावेश छ...
