सुचना र प्रविधि मैत्री कानून निर्माणमा जोड: मन्त्री शर्मा

क्यान ईन्फोटेक२०२४ को २९ औं प्रर्दशनको उदघाटन समाहारोकी प्रमुख अथिति सूचना तथा संचार मन्त्री रेखा शर्माले विहिवार राष्ट्रिय सभागृहमा उद्घाटन गरिन ।
मोवाईलको बटन थिचि डिजिटल्ली तथा पानसमा बत्तीबाली परम्परागत ढंगले उक्त उद्घाटन गरेकी थिईन ।

मन्त्री शर्माले भनिन – ‘नेपालको विकासको अवको यात्रा प्रविधिले नै सम्भव छ । सूचना र प्रविधिमा क्यान ईन्फोटेकले नयाँ प्रविधि भित्र्याउन महत्वपूर्ण भूमिका खेलेको छ’ ।
नेपालको लागि नयाँ क्षेत्र भएकोले कानूनको अभाव भएको र यसमा सरकारले सूचना र प्रविधि मैत्री कानून निर्माणमा जोड दिदै आएको पनि बताईन ।
सरकारले सोह्रौ पंचवर्षीय आयोजनामा पनि डिजिटल नेपाल फर्म वोर्क समावेश गरिएको जानकारी दिईन’ ।
यसका ८ बटा (शहरी विकास, पर्यटन,कृर्षी,पूर्वधार) लगाएत आदि क्षेत्र पहिचान गरि त्यस क्षेत्रको विकासमा प्रविधि प्रयोगलाई सरकारले नीतिगत रुपमा नै लागू गर्ने जानाकारी गराईन ।
प्रविधि मैत्री समाज निर्माणको लागि क्यान र सरकार विच अझ बढी सहकार्य हुनु पर्नेमा जोड दिईन ।
अवको विश्वमा रोजगारीको मुल स्रोत हुने प्रविधि क्षेत्रमा सरकार र नीजी क्षेत्रले सहकार्य गरि युवाहरुलाई स्वदेशमा नै राजगारी दिने वातावरण बनाउनु पर्नेमा पनि जोड दिईन ।
युवाहरुको अहिलेको आर्कषण पनि यो विदामा बढेर गएको उनीले बताई ।
सूचना प्रविधि क्षेत्रमा सरकारले गलानी गरेर युवाहरुलाई तालिम,शिक्षा दिएर यस क्षेत्रमा रोगारीको अवसर सृजना गरेर दैनिक हजारौको संख्यामा विदेशीने युवालाई पालायनबाट रोक्नु पर्ने अहिलेको आवश्यकता रहेको बताईन ।
देशको आर्थिक स्थितिलाई सवल बनाउन सूचना प्रविधि रहेको पनि बताईन ।
सरकारले सूचना प्रविधिमा नयाँ स्टाटप विजनेश गर्ने युवाहरुलाई आपनो परियोजन सहित निवेदन गर्न पनि आह्वन गरिन ।
उद्घाटन समाहारोका सभापति तथा क्यानका अध्यक्ष रञ्जीतकुमार पोदारले सन् १९९२मा कम्प्युटर एशोसिएशन अफ नेपालबाट शुरु भएर आज महासंग सम्म आईपुग्दा देशका ७४ बटा जिल्लामा शाखा, जापान र अमेरिकामा च्यापट्र रहेको जानकारी गराए ।
वश्वभरिका आधुनिक प्रविधिको प्रर्दशन र विक्रि एकै ठाउँमा सन् १९९५ देखि गरिदै आएको बताए ।
सरकारसंग यस क्षेत्रका चुनौति, समस्या र सवाधानमा सधै सहकार्य गरेको बताए । तर व्यवशाहीहरुलाई कानूनी अफ्ट्यारोमा सरकार उदाशिन देखिएको प्रति दुःख व्यत्त गरे ।
उत्त प्रर्दशनमा रोवोटिक, एआई लगाएतका नविनतम प्रविधि पनि रहेको क्यानका महासचिवले चिरञ्जीवी अधिकारीले जानकारी गराए ।
भृकुटी मण्डपको प्रर्दशनी हलमा २५ माग २०८० देखि २८ माग २०८० सम्म तिन दिन प्रर्दशन हुने भएको छ ।
उत्त प्रर्दशनमा १५० बटा स्टल रहेका छन ।
उक्त कार्यक्रमा संचार मन्त्रालयका सचिव रामकृष्ण सुवेदी, पूर्व क्यानका अध्यक्षहरु लगाएका विशिष्ट अथिति रहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार