जनताको मुख्य आवश्यक्तालाई मध्येनजर गरेर योजना छनोट गरेका छौं: पालिका अध्यक्ष जैसवाल

काठमाडौं । देशभरका ७५३ स्थानीय तहहमध्ये केहीले स्थानीयवासीलाई पालिका तथा गाउँपालिका सरकारको आभास दिलाउन नसकेका गुनासो सुनिन्छ । आन्तरिक विवाद र दलीय भागबण्डामा अल्मलिएर चालु आर्थिक वर्षको बजेटसम्म ल्याउन नसक्ने पालिकाबाट नागरिकले धेरै अपेक्षा राख्नु पनि मूर्खतासिवाय केही होइन।

तर केही स्थानीय तहहरुले केन्द्रले नदेखेको स्थानीय समस्याहरु पहिचान गरेको छन्। उनीहरुको समस्याहरु औँल्याएर समाधान गर्न लागिपरेका पनि छन्। यस अर्थमा केही पालिकाहरुले गाउँ—गाउँमा सिंहदरबार पु-याएको महसुस जनतालाई दिलाएका छन्। जनताको सुःख दुःखका सारथी बनेका छन्।

बारागढी गाउँपालिकाले चालु आर्थिक वर्षमा गाउँवासीको मर्का र आवश्यक्ताअनुसार बजेट ल्याएर काम सुरु गरेको बताएको छ । २०७४ सालमा निर्वाचनमा ६३ मतले पराजित भएपछि अशोक कुमार जयसवाल निरन्तर रुपमा समाजिक सेवामा आबद्ध रहनुभएका जयसवालले अन्य धरै काम गरेर जनताको मन र मत दुबै २०७९ सालमा बारागढी गाउँपालिकामा अध्यक्षमा जित्न सफल गाउँपालिका अध्यक्ष हुनुहुन्छ।

यसै बारागढी गाउँपालिका प्रमुख अशोक कुमार जयसवालसँग गाउँपालिकाको समग्र गतिविधिमा केन्द्रित रहेर गरिएकाे कुराकानीकाे सम्पादित अंश:

कार्यकालको प्रारम्भमा के–कस्ता योजनाहरु अगाडि बढाउनुभएको छ ।

हामी बारागढी गाउँपालिकामा निर्वाचित भएर आएको दश महिना वितेको छ । सुरुवाती समयमा हामी आर्थिक वर्ष २०७९ र ८० को नीति तथा कार्यक्रम बनाउँदैमा व्यस्त भयौं । कृषि, शिक्षा, स्वास्थ्य, सडक र पर्यटनलाई प्राथामिकतामा राखेर हामीले बजेट बनाएका छौं । अहिले हामी योजना बनाउनेमै व्यस्त छौं।

जनताको आर्थिक स्तर सुधार्नका लागि हामीले कृषिलाई पहिलो प्राथामिकतामा राखेका छौं । कृषिमा पनि पशुपालनलाई भन्दा खेतीलाई बढी महत्व दिएका छौं। बारागढिलाई कृषीमा आत्मनिर्भर बनाउन लागी परेका छौ।

कृषीलाई व्यवसायिमुखी बनाउने। लक्ष्य राखेर अगाडी बढिरहेका छौं । हामीले कृषिलाई आधुनिकीकरण, यान्त्रिकरण र वैज्ञानिकीकरण गर्न हामीले तीन अवधारणाबाट अगाडि बढिरहेका छौं ।

माटो जाँच देखि लिएर विज्ञहरुसँग छलफल गर्ने काम भइरहेको छ । बीउबिजनलाई किसानको घर दैलोमा पु-याउने कार्यक्रम राखेका छौं । कृषिलाई विकास गर्न हामीले विभिन्न संघसंस्थाहरुसँग छलफलहरु अगाडि बढाएका छौं ।

बीउबिजनलाई किसानको घर दैलोमा पु-याउने कार्यक्रम राखेका छौं । कृषिलाई विकास गर्न हामीले विभिन्न संघसंस्थाहरुसँग छलफलहरु अगाडि बढाएका छौं ।

यसमा प्रदेश र संघसँग पनि छलफल र माग गरिरहेका छौं । बारागढी गाउँपालिका क्षेत्रको व्यवस्थापन राम्रो बनाउन हामी लागिपरेका छौं। सिंहदरबारको अधिकार गाउँमा महसुस गराउने प्रयत्नमा हामी लागिपरेका छौं।

जुन रचनात्मक रूपमा हामी अघि बढेका छौं। गाउँपालिका नमुना बनाउने हाम्रो उदेश्य रहेको छ । योजना बनाएर अघि बढे विकास र समृद्धिको सन्देश गाउँपालिका बाटै दिन खोजिरहेका छौं ।

बारागढी गाउँपालिकामा विकास निर्माणमा के कस्ता चुनौतीहरु रहेका छन् ?

हामीले जेठ ९ गते कार्यभार सम्मालेका थियौं । मैले प्रदेश सरकारका मन्त्रीहरुसँग भेटेर केही योजनाहरु टिपाएको थिएँ । त्यो अनुसार केही योजनामा प्रदेशले बजेट हालेको छ ।

प्रदेश र संघले योजनाहरु नदिए हामीलाई विकास गर्न निकै कठिन हुन्छ । एउटा विडम्बना के छ भने स्थानीय तहसँग जम्मा ११ प्रतिशत बजेट हुन्छ । प्रदेशसँग १९ प्रतिशत हुन्छ ।

संघसँग ७० प्रतिशत हुन्छ । त्यसो हुनाले केन्द्र सरकारले योजना हालेन भने केही पनि विकास हुन सक्दैन । हामी केन्द्र र प्रदेशसँग यहाँको आवश्यक्ताहरुको बारेमा जानकारी गराइरहेका छौं । यो कार्यकालमा कुनै वर्ष कम बजेट परे पनि अर्को वर्ष राम्रो योजनाहरु पार्ने हाम्रो प्रयत्न छ ।

हाम्रो पालिका भौगोलिक रुपमा विकट छ । पहिलो प्राथमिकतामा कृषि हो यसमा पनि धेरै समस्या रहेको छन् । मेरो कार्यकालमा सबै समस्याको अन्ते गर्ने प्रयत्नमा लागेका छौ ।

वडामा र गाउँपालिकामा उत्पादन भएका वस्तु बजारसम्म पु-याउन सक्ने अवस्था छैन । गाउँपालिको बजेट चालु खर्चमै सकिने अवस्था हुन्छ । सिँचाइको र खानेपानीको पनि समस्या छ । यसको लागि धेरै बजेट आवश्यक पर्छ ।

त्यसो हुनाले यहाँको विकास गर्न यस्ता चुनौतीहरु छन् । तर पनि हामी यी चुनौतीहरुको सामना गर्दै बारागढीमा समृद्धि ल्याउन अगाडि बढेका छौं ।

स्थानीय तहमा भएका अनियमितताका कुरा पनि बेलाबेला सुन्ने गरिन्छ । बारागढी गाउँपालिकामा भ्रष्टाचारलाई हुन नदिन के गर्नु हुन्छ ?

२०७४ को निर्वाचनबाट स्थानीय तहमा साथीहरु जितेर आउनुभयो । केही पालिकाहरुले अनियमितता पनि गरे । गाउँगाउँमा सिंहदरबार पु-याउने भनियो । तर राजाहरु उत्पति भएको जस्तो हामीले पनि महसुस गरियो । नामको मात्रै सिंहदरबार गाउँगाउँमा आयो, तर स्रोत—साधनले पुगेन ।

स्रोत साधन र अधिकार नदिएर सिफारिस गर्न मात्रै स्थानीय तहलाई दिएर गाउँ—गाउँमा सिंहदरबार पुग्दैन । स्थानीय तह र प्रदेशलाई संघले कुनै दौड प्रतियोगितामा हात, खुट्टा बाँधेर दौडिन जा, भनेजस्तो भएको छ ।

स्थानीय तहमा भ्रष्टचार भयो भन्ने कुरा एकदमै व्यापक रुपमा उठेको कुरा हो । अरु पालिकाहरुले के गर्छन् मलाई थाहा छैन । तर म हाम्रो बारागढी गाउँपालिकाको यो कार्यकालमा १ रुपैयाँ पनि भ्रष्टचार गर्दिन र गर्न दिन्न ।

हामीले हरेक काम नियम र प्रक्रिया अपनाएर गर्दा अनियमितता हुन पाउँदैन । जनप्रतिनिधि बन्नु भनेको बिलकुल समाज सेवा गर्न बनेको हो । म निरन्तर रुपमा समाज सेवामा थिए अहिले झनै जनताले मन र मत दुवै मलाई दिनुभएको छ ।

म लगातार निरन्तर रुपमा समग्र पालिका प्रतिनिधि हु जनताको सेवा गर्नुका लागी यो पालिकाको अध्यक्ष पद पाएको हो गर्भका साथ जनताको सेवामा लागेको छु । यो पाँच वर्षमा म नियममा रहेर काम गर्ने छु। हाम्रो पालिकाको हरेक गतिविधि नियम र प्रक्रियामा हुने छन् ।

स्थानीय तहले बजेट निर्माण गर्दा निमुखा, उत्पीडनमा परेकाहरुको मागलाई वास्ता नगरी टाठा—बाठाहरुको अनुकूल बजेट बनाउँछ भन्ने पनि सुनिन्छ नी ?

तपाईँले एकदमै सही कुरा उठान गर्नुभयो । बास्तबमा हामी आएकै गरिब ,निमुखा उत्पीडनकोहरुको निकासको लागी आएको हो । उहाँहरुको समस्या पहिलो प्रथमिकतामा राखेर काम गर्दै छौ ।

हामीले यो वर्ष नीति तथा कार्यक्रम बनाउँदा, योजना छनोट गर्दा टोल—टोलमा सबै मान्छेहरु भेला गरेर तथा वुद्धिजिविहरु संग सबैको आवश्यक्ता टिपोर्ट गरेका छौं ।

त्यो आवश्यक्ताहरु वडामा लगेर ती मध्येका पनि महत्वपूर्ण आवश्यक्तालाई छनोट गरियो । हामीले जनतालाई तत्कालै पूरा गर्नु पर्ने मागहरुलाई महत्वमा राखेर बजेट विनियोजन गरेका छौं । हामी यो पाँच वर्षे कार्यकालमा सबै जनतालाई चित्त बुझ्ने गरी काम गर्ने छौं ।

यो कार्यकालमा बारागढी गाउँपालिकामा भ्रष्टचार भएन । तर काम राम्रो भयो भनेर जनताले महसुस गर्ने गरी हामीले काम गर्ने छौं ।

शिक्षा क्षेत्रको विकासका लागि के पहल गर्नुभएको छ ?

तुलनात्मक रुपमा यस नगरपालिकामा रहेका विद्यायलको शैक्षिक अवस्था राम्रै छ । तर, भनेअनुसार विकास हुन सकेको छैन । शिक्षामा सुधार होइन अब क्रान्ति गर्नुपर्छ भनिरहेको छु । पराम्परागत शिक्षा प्रणालीमा व्यापक परिवर्तनको आवश्यकता छ ।

तछाड, मछाड नगरिकन बारागढी गाउँपालिका अध्यक्षमा जितेर आउनुभयो समग्र पालिकाबासीले तपाईलाई गर्नभएको विश्वास आशा भारोसालाई कसरी सम्बोधन गर्नुहुन्छ ।

जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । नगरको चौतर्फी विकासको लागि पालिकामा म सदैब लागि परिरहने छु ।

मलाई सत्ता ,पद आदि कुनै कुराको मोह छैन निरन्तर सेवामा लागी परेको छु । कहिले तछाड, मछाड गर्न जानिएन र त्येस्तो गर्न आफ्नो नैतिकताले कहिल्यै दिएन । म मेरो जिवन जनताकै सेवामा समर्पित गर्न छु ।

उहाँले भन्नुभयो, ‘आफ्नो जिवनको निकै ठूलो त्याग, मेहेनत र संघर्षबाट म यहाँसम्म आइपुगे, अझै पनि जनताको सेवक भएर सेवा गर्ने अठोट छ, जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो। म सदैव जनताको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।’

जनताबीचको सम्बन्ध सुमधुर बनाउन के गर्दै हुनुहुन्छ रु के गर्ने योजना छ ?

पालिकावासीले मलाई जिम्मेवार स्थानमा पु-याउनुभएकोले यहाँको विकास कसरी गर्ने भनेर मलाई चिन्ता छ । हामी नगरको विकास गर्न कोशिस गरिरहेका छौं । कोशिस जारी राख्ने छौं । जनताको माग र आवश्यक्तालाई पूरा गर्न हामी अहोरात्र लागि परिरहेका छौं ।

जनताको मतको कदर गर्दै हामी आफ्नो जिम्मेवारीमा लागिरहने छौं । खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि जस्ता सबै क्षेत्रलाई हामी पाँच वर्षमा हामी सम्बोधन हुने गरि काम गर्ने छौं ।

स्थानीय सरकार र स्थानीय जनताबीचको सम्बन्ध एकै भान्सामा खाना खाने परिवारको जस्तो हुनु पर्छ । त्यसो हुनाले जनप्रतिनिधिले टाठा—बाठाको कुरामा मात्रै विश्वास नगरी स्थानीय वासीको कुरा सुन्ने गर्नु पर्छ हामी त्यही गर्दै छौं। समय—समयमा टोल—टोलमा पुगेर छलफलहरु गर्ने छौं । प्रत्यक्ष रुपमा जनताको गुनासो सुन्ने छौं ।

हामी जनप्रतिनिधि र जनता सबैको सपना मधुवनलाई समृद्ध र सुन्दर गाउँपालिका बनाउने हो । यो उद्देश्यमा हामी सबै एक जुट भएर जाने छौं । यसमा हामीलाई जनताको भरपुर साथ र सहयोग रहन्छ भन्नेमा विश्वास छ ।

अन्त्यमा समग्र नगरबासिलाई के भन्न चाहानुहुन्छ ।

पालिकावासीले मेरो विश्वास गरेर, मेरा एजेण्डाहरुलाई मन पराएर मलाई विजयी गउनुभएको छ । ती एजेन्डाहरुको कार्यान्वयनमा मलाई सबैको साथ सहयोगको आवश्यक्ता छ ।

जनप्रतिनिधि साथीहरु र सबै गाउँवासीले साथ दिनुहुन्छ भन्नेमा विश्वास्त छु । हामी सबैले पालिकाको विकास गर्ने हो । त्यसो हुनाले हामी विवाद नगरी सकारात्मक सोचर समृद्धितर्फ जान सबैलाई आग्रह गर्छु ।

सम्पुण पालिकालाई नगरमा समेटेर पालिकाबासीको मनोभावना बुझेर सोहि अनुरुप काम इमान्दारिताका साथ लागी परिरहने चौबिसै घण्टा नगरबासीका समस्या समाधानमा लाग्ने प्रतिबद्धता जनाउन चाहन्छुु ।

जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा योजना अगाडी विकास गर्दै लगिने पलिकाको चौतर्फी विकासको लागि पलिकामा म सदैब लागि परिरहने छु ।

अन्त्यमा हामी जनप्रतिनिधि पालिकाको समस्या समाधान गर्दै सुन्दर गाउँ निर्माणमा लागेका छौं । यो कार्यमा जनताको भरपुर साथ सहयोगको अपेक्षा गरेका छौं । पालिकाको काममा साथ दिनुहोला । कमि—कम्जोरी औंल्याई दिनुहोला । नविन ऊर्जाका साथ काम गर्दै छु । यही भन्न चाहन्छु । धन्याबाद

पालिकामा जम्मा बजेट ४० करोड रहेको छ । धेरै बजेट निकासा भएको शिषर्क पुर्वाधार रहेको प्रशासन शाखाका शाखा अधिकृत महेश कुमार ठाकुरले जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार