चिनियाँ राष्ट्रपति सी तानाशाह : बाइडेन

काठमाडाैं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई तानाशाहको संज्ञा दिनु भएको छ ।

दुई महाशक्ति राष्ट्रबीचको तनाव कम गर्ने उद्देश्यले बेइजिङमा भएको वार्ताका लागि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सीलाई भेटेको एक दिनपछि बाइडेनको भनाई सार्वजनिक भएको हो । बाइडेनको सो भनाईप्रति चीनले भने कुनै प्रतिक्रिया जनाएको छैन ।

ब्लिन्केनको भ्रमण पाँच वर्षपछि अमेरिकी कुटनीतिज्ञको पहिलो भ्रमण हो ।

ब्लिन्केनको भ्रमणसंगै दुई देशबीचको उच्च स्तरीय सञ्चार पुन: शुरु भएको छ । बेलुन घटनापछि ब्लिन्केनले भ्रमण स्थगित गर्नु भएको थियो । व्यापार युद्ध, ताइवानमाथि बेइजिङको दाबी र कथित जासूस बेलुन खसालेको विषयले दुबै देशको सम्बन्ध चिसिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार