नक्कली नोटसहित दुईजना पक्राउ

काठमाडौं । नक्कली नेपाली नोटसहित काठमाडौंबाट दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जाजरकोट घर भइ हाल काठमाडौंको टोखा बस्ने सम्झना गहतराज र नेपालगन्ज एक्लौनी घर भई हाल बागबजार बस्ने सादाय हलुवाई रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले तयारी अवस्थामा रहेका रु १००० को नोट ४९ थान,प्रीन्ट गरेर काट्न बाकी १००० को नोट १२६ थान, तयारी ५०० को नोट २ थान र प्रीन्ट गरेर काट्न बाकी ५०० को नोट ६० थान नक्कली नोट बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनीहरुले नेपाली खोटा मुद्रा चलन चल्तीमा ल्याउन लागेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी छापा मार्न पुगेको थियो ।

यस्तै प्रीन्ट मेसिन,कृषि विकास बैंक को चेक बुक,नेपाली नागरिकता,फलामको १२ इन्चको रुलर,मसि, रंगिन पेपर,फोटोकपी पेपर को रिम र मोबाइल बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार