चिनियाँ अधिकारीहरु तातोपानी नाकामा नेपाली ट्रक रोक्दै

सिन्धुपाल्चोक । नेपालबाट चीन समान निर्यात गर्ने भन्दै बडो तामझाम गरिएपनि चिनियाँ अधिकारीहरुले बनाएको नयाँ नियमका कारण पहिलो दिन नै नाकामा लफडा देखिएको छ ।

स्वतन्त्र रुपमा नेपाल र चीनबीच आयात निर्यात गर्ने भनिए पनि तातोपानी नाकामा नेपाली ट्रकहरूलाई सीमा पार गर्न नदिएको पाइएको छ ।

चिनियाँ ट्रकहरुमै समान स्थानान्तरण गरेर चिनियाँ ट्रकहरुमामात्र समान लैजान पाइने भएपछि निर्यातमा समस्या देखिएको हो ।

तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले सीमामा ल्याइएको नयाँ नियमबारे थाहा नभएको दाबी गरे ।

उनले आफुलाई थाहा भएसम्म यात्रु र सवारीको आवागमन सुचारु गर्ने विषयमा अर्को बैठकमा छलफल हुने बताए ।

यद्यपी चिनतर्फ नेपाली यात्रु र कन्टेनरलाई सहज आवागमन नभएको विषयमा आफुहरु सचेत भएको उनको तर्क छ ।

भन्सार कार्यालयका प्रमुख केसीले भने, ‘तीनवटा कन्टेनरले मितेरी पुलमा बाँसको स्टूल, रतन कुर्सी र गद्दाहरू चिनियाँ ट्रकमा लोड गरिएकाे थियाे।’

सन् २०१५ मा नाका बन्द हुनुअघि नेपाली ट्रकलाई मितेरी पुलबाट चीन प्रवेश गर्न दिइएको थियो ।

काठमाडौंबाट करिब १ सय १५ किलोमिटर टाढा रहेको तातोपानी नाका ऐतिहासिक रूपमा चीनसँगको व्यापारको मुख्य स्थल मार्ग हो।

भूकम्पपछि नाका बन्द हुनुअघि तातोपानी भन्सार कार्यालयले दैनिक रु १ करोड ५० लाखभन्दा बढी राजस्व संकलन गर्ने गरेको थियो ।

लामो समयदेखि नेपाल र चीन जोड्ने उत्तरी नाकामा समस्या देखिंदै आएको छ । भूकम्पपछि बन्द भएकाे नाका पछि कोरोनापछि झन् ठप्प भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार