भारतीय अनुदानमा निर्माण हुन लागेकाे ध्यान केन्द्रकाे शिलान्यास

काठमाडाैं । भारत सरकारको अनुदान सहयोगमा निर्माण हुने सोलुखुम्बुका महाकुलुङ गाउँपालिकास्थित ध्यान केन्द्रकाे शिलान्यास गरिएको छ।

गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुलुङ र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रूपमा न्गोंगा थेक्चोक चोलिङ ध्यान केन्द्रको शिलान्यास शिलान्यास गर्नु भएकाे हाे।

बुद्ध पूर्णिमाको अवसरमा ध्यान केन्द्रकाे शिलान्यास गरिएको हाे । सन् २००३ यता भारतले नेपालमा पाँच सय ३५ भन्दा बढी उच्च प्रभावकारी सामुदायिक विकास परियोजना अघि बढाएकामा हालसम्म चार सय ७८ वटा सम्पन्न भइसकेका छन्।

एक निकट छिमेकीका रूपमा भारत र नेपालबीच बहुपक्षीय एवं बहुक्षेत्रीय सहकार्य रहेको छ । नेपाली जनताको जीवनस्तर उकास्न नेपाल सरकारले गरेका प्रयासहरूमा भारतको निरन्तर सहयोग रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार