ग्रील व्यवसायी महासंघको अध्यक्षमा ठूलोबाबू र उपाध्यक्षमा अशोक वर्मा निर्वाचित

बुटवल । ग्रील तथा स्टील व्यवसायी महासंघको अध्यक्षमा ठूलोबाबू श्रेष्ठ निर्वाचित भएका छन् ।

काठमाडौंमा बिहीबार सम्पन्न महासंघको २८ औं साधारण सभा तथा ९ औं राष्ट्रिय महाधिवेशनबाट महासंघको केन्द्रीय उपाध्यक्षमा बुटवलका अशोक वर्मा निर्वाचित भएका छन् ।

वर्मा ग्रील तथा स्टील व्यवसायी संघ रुपन्देहीको संस्थापक अध्यक्ष तथा महासंघको केन्द्रीय सदस्य हुन् । उनी सामाजिक काममा समेत क्रियाशील छन् ।

यस्तै महासंघको केन्द्रीय सदस्यमा बुटवलका रामप्रसाद पाण्डे निर्वाचित भएका छन् । कार्यक्रममा बोल्दै उपराष्ट्रपति रामसहाय प्रसाद यादवले देशको भौतिक पुर्वाधार निर्माणमा ग्रील तथा स्टिल व्यवसायीको भूमिका अहं रहेको बताए ।

६७ जिल्लाका प्रतिनिधि सहभागी महाधिवेशनले ४९ सदस्यीय कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा निर्वाचित वर्माले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश गठनको जिम्मेवारी पाएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार