भारतीय अनुदानमा निर्माण सम्पन्न विद्यालयकाे उद्घाटन

काठमाडाैं । भारत सरकारको अनुदानमा सुर्खेतमा निर्माण भएकाे समुदायिक विद्यालयकाे आज उद्घाटन गरिएकाे छ ।

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेल, डीसीसी सुर्खेतका प्रमुख तथा भेरीगंगा नगरपालिकाका मेयर र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रूपमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको उद्घाटन गर्नु भएकाे हाे।

विद्यालयको उद्घाटन गर्दै भारतीय राजदूत श्रीवास्तवले भारतबाट नेपाललाई निरन्तर सहयाेग भइरहने जानकारी दिनुभयाे । सुदृढ विकास सहयोग अन्तर्गत कर्णाली प्रदेशमा हालसम्म १४ वटा यस्ता सामुदायिक विद्यालय निर्माण भइसकेका छन् ।

सन् २००३ यता भारतले नेपालमा पाँच सय ३५ भन्दा बढी उच्च प्रभावकारी सामुदायिक विकास परियोजना अघि बढाएकामा हालसम्म चार सय ७८ वटा सम्पन्न भइसकेका छन्।

एक निकट छिमेकीका रूपमा भारत र नेपालबीच बहुपक्षीय एवं बहुक्षेत्रीय सहकार्य रहेको छ । नेपाली जनताको जीवनस्तर उकास्न नेपाल सरकारले गरेका प्रयासहरूमा भारतको निरन्तर सहयोग रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार