अवैधरुपमा नेपाल भित्र्याईको झण्डै एक हजार बोरा मल बरामद

रौतहट । रौतहट प्रहरीले अवैधरुपमा नेपाल भित्र्याईको झण्डै एक हजार बोरा युरिया मल बरामद गरेको छ ।

भारतबाट अवैधरुपमा नेपाल भित्र्याई रौतहटको राजपुर नगरपालिका–५ स्थित स्कुल चोकका विभिन्न स्थानमा भण्डारण गरिएका मल प्रहरीले बरामद गरेको हो।

जिल्ला प्रहरीको टोलीले अवैध रुपमा भित्र्याइएको मल छापा मारेर नियन्त्रणमा लिएको हो । मल नियन्त्रणमा लिई अनुसन्धान तथा कारबाहीको लागी गौर भन्सार कार्यालय ल्याउन लाग्दा स्थानीयले अवरोध गरेपछि केहीबेर स्थिति तनावपूर्ण बनेको छ ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड अश्रुग्यास प्रहार गरेको छ । भारतबाट भित्र्याइएको मल कसको हो र घरधनी को हो भन्ने खुल्न बाँकी । मल धनीबारे प्रहरीले अनुसन्धान भैरहेको रौतहट प्रहरीले जनाएको छ ।

प्रहरीको टोलीले केही मल सदरमुकाम गौर ल्याइसकेको छ । मल ल्याउने क्रममा बाटोमा आगो बालेर स्थानीयले रोक्ने प्रयास गरेका थिए । त्यसपछि स्थानीयले प्रहरीमाथि ढुगांमुढा गर्न थालेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार