भारतको अनुदान सहयोगमा बन्ने दुई परियोजनाको समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा स्वास्थ्य सेवा तथा शैक्षिक क्षेत्रमा दुईवटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण कार्य अघि बढाउन भारतीय दूतावास तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच बिहीबार एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

यी दुई परियोजनाको कूल अनुमानित लागत आठ करोड रुपैयाँ रहेको छ । यी दुई परियोजनाभित्र रामेछाप जिल्लाको मालागिरी शान्ति योगाश्रम र डोटी जिल्लाको केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पस रहेका छन् ।

यी दुई परियोजनाको निर्माण क्रमशः रामेछाप नगरपालिका र बडीकेदार गाउँपालिकामार्फत कार्यान्वयन गरिने भारतीय दूतावासले जानकारी दिएको छ ।

यी परियोजनाको निर्माणले स्थानीयवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा तथा शैक्षिक सुविधा उपलब्ध गराउनुका साथै नेपाली जनताको जीवनस्तरमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार