पैसा तिर्न नसकेपछि मलेसियाले कब्जामा लियाे पाकिस्तानी विमान

पाकिस्तान । आर्थिक संकट झेलिरहेको पाकिस्तानले पैसा तिर्न नसकेपछि मलेसियाले त्यहाकाे सरकारी विमान कब्जामा लिएकाे छ ।

मलेसियाले त्यहाकाे सरकारी विमान कब्जामा लिएपछि पाकिस्तानकाे अन्तर्राष्ट्रिय स्तरमै अपमान भएको छ । पाकिस्तानलाई अपमान गर्ने अरु कोही भएर मित्र राष्ट्र मलेसिया नै हाे ।

छिमेकी राष्ट्र मलेसियाले पाकिस्तानको सरकारी एयरलाइन्समध्येको एउटा विमान नियन्त्रणमा लिएको अन्तरर्राष्टिय सञ्चार माध्यमहरूले जनाएका छन्। पाकिस्तानी मिडियाका अनुसार मलेसियाले जफत गरेको विमान बोइङ ७७७ विमान हो । पाकिस्तानले मलेसियाबाट लीजमा लिएको थियो ।

पाकिस्तानी मिडियाका अनुसार मलेसियाको क्वालालम्पुर एयरपोर्टको लीज विवादमा पाकिस्तानले पटकपटक भने पनि पैसा नदिएको बताएको छ ।

कारबाहीपछि मलेसियाले उक्त विमान जफत गरेको थियो । यति मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा पाकिस्तानको अपमान भएको बेला यस्तो अवसर दोस्रो पटक आएको साम अंग्रेजीको रिपोर्टमा उल्लेख छ । यसअघि पनि मलेसियाले पाकिस्तानको विमान कब्जा लिएकाे थियाे।

४० लाख डलरको बक्यौता नतिरेपछि मलेसियाले विमान नियन्त्रणमा लिएकाे समाचारमा उल्लेख छ । पाकिस्तानले मलेसियासँग राम्रो सम्बन्धको दाबी गरे पनि विमान कब्जामा लिएपछि दुई देशको सम्बन्धकाे पर्दाफास भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार