एजेन्सी । ताइवानले जुन २९ (बिहीबार) बिहान ६ बजेदेखि जुन ३० (शुक्रबार) बिहान ६ बजेसम्म ताइवान वरपर नौ चिनियाँ सैन्य विमान र चार नौसेना जहाजहरू ट्र्याकिङ गरेको ताइवानको रक्षा मन्त्रालयले उल्लेख गरेको छ। ‘ताइवानले आफ्नो क्षेत्र वरपर ९ पीएलए विमान र ४ पीएलएएन जहाजहरू ट्राकिङ गरेको दाबी गरेको छ ।
यसअघि जुन २७ देखि २८ सम्म ताइवानले ११ चिनियाँ विमानले ताइवान स्ट्रेट मध्य रेखा पार गरेको जनाएको थियो। ११ पिपुल्स लिबरेशन आर्मी विमानहरू मध्ये, तीन ताइवानको एयर डिफेन्स आइडेन्टिफिकेशन जोन मा ट्र्याक गरिएको थियो ।
यो महिना, बेइजिङले ताइवान वरपर ३१८ सैन्य विमान र १४२ नौसेना जहाजहरू पठाएको छ। यसबाहेक, चीनले सेप्टेम्बर २०२० देखि ग्रे जोन रणनीतिको प्रयोग बढाएको छ, ताइवान वरिपरि सक्रिय सैन्य विमान र नौसेना जहाजहरूको संख्या बढाउँदै, ताइवान समाचारले रिपोर्ट गरेको छ।
ग्रे जोन रणनीतिहरूलाई अवरोध र आश्वासनभन्दा बाहिरको प्रयास वा प्रयासहरूको श्रृंखलाको रूपमा परिभाषित गरिएको छ जसले बलको प्रत्यक्ष र ठूलो प्रयोगको सहारा बिना आफ्नो सुरक्षा उद्देश्यहरू प्राप्त गर्ने प्रयास गरेको ताइवान समाचारले उल्लेख गरेको छ ।
हालै ताइवानले जुन ११ देखि जुन १२ सम्म २४ वटा चिनियाँ सैन्य विमान र पाँच नौसैनिक जहाजहरू ट्र्याक गरेको थियो। पिपुल्स लिबरेसन आर्मी (पीएलए)का २४ वटा विमानमध्ये चार शेनयाङ जे ११ लडाकु विमान, चार शेनयाङ जे १६ लडाकु विमानहरू र दुईवटा सुखोई सु–३० लडाकु विमानहरू, ताइवानको वायु रक्षा पहिचान क्षेत्र मा प्रवेश गरि ताइवान स्ट्रेट मध्य रेखा पार गरेको समाचारमा उल्लेख छ ।

138 पटक हेरिएको 

