निर्माण क्षेत्रको गतिविधि डेसेम्बर यताकै कमजोर

काठमाडौं । चीनको सेवा उद्योग र निर्माण क्षेत्र विगत ६ महिना यताकै सबैभन्दा कमजोर देखिएको छ । चीन सरकारले शुक्रबार जारी गरेको तथ्याङ्कअनुसार सेवा उद्योग र निर्माण क्षेत्रको गतिविधि गत डिसेम्बर यताकै कमजोर देखिएको हो ।

गैरउत्पादन पर्चेजिङ म्यानेजर्स सूचकांक (पीएमआई) का अनुसार मे महिनामा ५४ दशमलव ५ बाट ५४ दशमलव २ मा झरेको बताएको छ । ‘गैरउत्पादन पर्चेजिङ म्यानेजर्स’ सेवा र निर्माण क्षेत्रको सेन्टिमेन्टलाई मापन गर्ने सूचकांक हो ।

यस्तै उपसूचांक पनि खस्किएको छ । यो महिना ५२ प्रतिशत पुगेको छ । चीनको अर्थतन्त्रका लागि सेवा क्षेत्र महत्वपूर्ण मानिन्छ । यसले जीडीपीको ५८ प्रतिशत र रोजगारीको ४८ प्रतिशत योगदान गर्दछ ।

उपभोक्ताको खर्चले प्रेरित सेवा र निर्माण क्षेत्रले यो वर्षको पहिलो आधामा चीनको अर्थतन्त्र वृद्धिदर कायम राखेको बताइएको छ । यस्तै, तथ्यांकमा औद्योगिक कारखाना गतिविधिको प्रमुख सूचक उत्पादन पीएमआई जुन महिनामा ४९ पुगेको जनाइएको छ । यो मे महिनाको तुलनामा सामान्य सुधार हो ।

५० भन्दा माथिको पीएमआई रिडिङले विस्तारलाई संकेत गर्दछ । तर त्यो स्तरभन्दा तलको कुनै पनि कुराले संकुचन देखाउँछ । (यो समाचार चिनियाँ समाचार पोर्टल ‘क्यूजेड डटकम’ ले प्रकाशित गरेको छ ।)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार