पाकिस्तानमा चिनियाँ इन्जिनियर बोकेको सवारी लस्करमा आक्रमण

जेन्सी । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा आइतबार भएको आक्रमणमा दुई सुरक्षाकर्मी घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यम र अधिकारीहरूले जनाएअनुसार घटना ग्वादर जिल्लामा भएको हो ।

आतंकवादीहरूले चिनियाँ इन्जिनियर सवार लस्करमा आक्रमण गरेको सुरक्षा अधिकारीहरुले जनाएका छन् । सुरक्षाकर्मीको प्रत्याक्रमणमा एक आक्रमणकारी मारिएका छन् ।

७ सवारी साधनमा २३ चिनियाँ इन्जिनियर बोकेर उक्त लस्कर ग्वादर बन्दरगाहतर्फ गइरहेको टाइम्स अफ इन्डियाले जनाएको छ । चीनको सहयोगमा ग्वादर बन्दरगाह निर्माणाधीन रहेको बताइन्छ ।

बलुचिस्तान प्रान्तीय सरकारका प्रवक्ता बाबर युसुफजाईले आतङ्कवादी विरुद्धको अभियान चलिरहेको बताएका छन् । प्रतिबन्धित सशस्त्र समूह बलुचिस्तान लिबरेशन आर्मीले आक्रमणको जिम्मेवारी लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार