एजेन्सी । पोल्यान्डको वार्सास्थित चिनियाँ सपिङ मलमा आगलागी भएको छ।
आगलागीका कारण ६ हजार वर्ग मिटरसम्मको क्षेत्र जलेको बताइएको छ।
आगो निभाउन ६० वटा फायर बिग्रेडहरु परिचालन गरिएको थियो। आगो निभाउने क्रममा एक जना घाइते भएको बताइएको छ।
आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन।

190 पटक हेरिएको 



