जनकपुर ८ माघ २०८० ! रामलखन सुतिहार (१२ बर्ष) अहिले पनि जाडो मौसममो उनीको त्यो अभिभावक गुमाउदाको क्षणले भयभित तुल्याउछ । त्यो कलिलो उमेरमा आपनो अभिभावक गुमाउदा भविष्यमा आउने अफ्ट्यारा नथाहा थियो । न त उनी थाहा पाउने उमेर नै थियो । तर पनि आपनो बुवाको मृत्युको कारण आमा,दिदि,भाई लगाएत सवै जस्तै उनी बुवालाई अङमाल गरि रोहि रहेका थिए ।
देशमा संघिय शासन व्यवस्था लागु भएर भएर तिन तहको सरकार आई सकेको थियो । जनताको सवै सुख दःखमा सरकार भएको अनुभुति दिलाएर जनतासंग भोट लिएर सत्तासिन भई सकेका स्थानिय सरकार, प्रदेश सरकार , केन्द्रीय सरकार सवै जनता कै गित गाएर थाकेका थिएनन् ।
जाडोमा न्यानो कपडा नभएर आपना विरामी बुवालाई जाडोको कारण मृत्यु भएको रामलखनलाई बल्ल अव थाहा भयो । त्यसैले रामलखन जाडो मौसमा त्यसै भयभित हुने गर्दछन् ।
उनीलाई अहिले पनि त्यो क्षण झलझली याद आउछ गाउँपालिकाको प्रमुलले आएर कमल र केही खाने कुरा दिएको र भाषण गर्दै भनेको– अब देखी जाडोको कारण कुनै पनि गाउँपालिका बासीले ज्यान गुमाउनुृ पर्दैन । रामलखनको पढाई रेखदेख अब स्थानिय सरकारले गर्दछ ।
केही दिन पछि प्रदेशका मन्त्री नै आएर अब यो सानो छोरोको पढाई लेखाई स्वास्थ्य लगाएत सबै प्रदेश सरकारले गर्दछ । उनीले पनि केही लगाउने कपडा,केही खाने सामान दिएर गए ।
आज रामलखन दैनिकी काममा नगएर छिमेकी काका शत्रुधनको अन्तिम संस्कारमा सहभागी हुन बसेको छ । मृत्युबाट भावविहल भएका घरमा वातवरण कोलहाल छ । रामलखनलाई थाहा छ ‘काकाको मुत्युु शितलहरको कारण भएको’।
विहान नै रामलखन स्वर्गवास छिमेकी काकाको घरमा चहल पहल भएकाको देख्छ । वार्डका वाडाध्यक्ष लगाएतको विहान नै आएर केही चुरीफुरी गरेको देख्छ । त्यति कै मा एका एक मानिसको भिड जम्मा हुन थाल्छ । कालो सिसा भएको ठूलो गाडी उसैको घर आगनबाट जान्छ ।
रामलखन भने आपनो दैनिकी ज्यालादारीमा काममा जानलाई साईकल लिएर लाग्छ ।
बेलुकी आमाले गाँउपालिकाको अध्यक्ष (मुखिया) आउदा किन नबसेको भनेर चासो व्यक्त गर्दछिन । रामलखन भन्छ– अव तिन,चार दिन पछि मन्त्री पनि आउछ ।
संघिय शासन व्यवस्था जनताको दिन चर्यामा किन सहायक हुन सकेको छैन ?
के त्यहाँ सरकार चलाउने पार्टीहरु यसका जिम्मेवार छैनन् ?
के देशमा व्यवस्था बदल्ने बेलामा ज्यानको आउती दिने जनताको जीवनमा सरकार भएको अनुभुति हुनु पर्दैन ?
के संघियताको पूर्ण लागू नभएर सम्म जनताका यस्ता दिनचर्यामा अहिलेको शासन व्यवस्था सहायक हुन नसकेको हो ?
मानिसका दैनिक हनुे अन्तरक्रियामा सरकारले आपनो उपस्थिति अनुभुति दिलाउन नसके समाजमा प्रतिकृया उत्पन्न हनु स्वभाविक हुन जान्छ ।
सैद्धान्तिक कमी कम्जोरीलाई औल्याएर वा सावधान गरेर सरकार र जनता विचको दुरी कम गर्नु पर्ने देखिन्छ ।