छविचन्द्र ढकालको सम्झनामा स्मृतिग्रन्थ सार्वजनिक

काठमाडौँ । नेपाली कम्युनिष्ट आन्दोलनको दोस्रो पुस्ताका क्रान्तिकारी एवं समाजसेवामा निरन्तर सम्लगन रहेका छविचन्द्र ढकालको सम्झनामा प्रकासित स्मृतिग्रन्थ आज सार्वजनिकीकरण गरिएको छ ।

नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनााथ सभाकक्षमा छविचन्द्र ढकाल स्मृति ग्रन्थ प्रकासन समूहले एक कार्यक्रमको आयोजना गरि उक्त छविचन्द्र ढकाल–स्मृतिग्रन्थ सार्वजनिकि करण गरेको हो ।

तनहुँ चुँदी सिम्पानीमा बिसं २००५ साल आश्विन १५ गते जन्मनु भएका ढकाल लामो समय शिक्षक तथा बिसं २०३७/३८ सालको ऐतिहासिक शिक्षक आन्दोलनमा सम्लग्न रही जेल जीवन व्यतीत गरेका र नेपाल राष्ट्रिय शिक्षक सङगठनमा जिल्ला अध्यक्ष एवं केन्द्रीय नेता समेत रहेका सो कार्यक्रममा जानकारी दिइएको थियो । ढकालको सम्झनामा प्रकासित स्मृतिग्रन्थ नेकपा मालेका महासचिव एवं कार्यक्रमका प्रमुख अतिथी सिपी मैनाली तथा नेकपा एमोका नेता एवं पुर्वमन्त्री बाचस्पती देवकोटाले सार्वजनिकीकरण गर्नु भएको थियो ।

ढकालले पञ्चायती शासनकालमा प्रजातन्त्र र समाजवादको निम्ति मार्क्सवादी आन्दोलनमा जीवन अर्पण गरेका उक्त पुष्तकमा उल्लेख गरिएको छ । आजको उक्त कार्यक्रममा छविचन्द्र ढकालले आफनो जिवनमा गरेको योगदान लगायतका कार्यका बिषयमा बक्ताहरुले चर्चा समेत गरेका थिए ।

उहाँको जन्म २००५ सालमा आश्विन महिना १५ गतेका दिन पिता पण्डित मीननाथ ढकाल र माता मायादेवी ढकालको माहिलो पुत्रको रुपमा भएको थियो । उहाँले राजनीतिक कामको सिलसिलामा पढिरहेको पढाइलाई छोड्दै तत्कालीन समयमा “बुर्जुवा डिग्री बहिष्कार” को नारासाथ परिवर्तनको संकल्प लिई लागि परेका तथा बहुआयामिक रुपमा सामाजिक क्षेत्रमा समेत आफ्नो परिचय कायम राखेको आज सार्वजनिकीकरण गरिएको पुस्तकमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार