चीनको निन्गशिया शहरमा ग्याँस विस्फोट हुँदा ३१ जनाको मृत्यु

काठमाडौं । चीनको उत्तर-पश्चिमी निन्गशिया शहरमा बुधबार राति भएको ग्याँस विस्फोटमा परेर कम्तिमा पनि ३१ जनाको मृत्यु भएको छ । अरु ७ जना घाइते भएका छन् । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार निन्गशिया शहरको एउटा रेष्टुरेन्टमा यो विस्फोट भएको हो । खाना पकाउन प्रयोग हुने ग्यास चुहिएपछि आगो लागेर विस्फोट भएको हो । ...

दक्षिण एसियामा ऊर्जा साझेदारीको नयाँ युगको नेतृत्व गर्दै भारत

नयाँ दिल्ली । 'छिमेकी पहिलो' भन्‍ने नीतिको लिएको भारतले नेपाल र बंगलादेशबीच ऊर्जा व्यापार सम्झौता प्रस्तावित त्रिपक्षीय सम्झौताको मस्यौदालाई अन्तिम रूप दिएको छ। उक्त सम्झौतामा आगामी महिना हस्ताक्षर हुने बताइएको छ। नेपाल र बंगलादेशबीच लामो समयदेखि विद्युत व्यापार गर्न भारतसँग माग गर्दै आएको थियो। भारतीय प्रधान...

चिनियाँ आर्थिक जबरजस्ती विरुद्ध ६ राष्ट्रहरू एकजुट, गैर-बजार नीतिको कडा विरोध

बेइजिङ । संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, जापान र न्युजिल्याण्डलगायत ६ राष्ट्रले संयुक्त घोषणापत्र जारी गर्दै चीनको आर्थिक जबरजस्ती र गैर-बजार उन्मुख नीतिहरू विरुद्ध लड्ने प्रतिबद्धता व्यक्त गरेका छन्। विश्वव्यापी व्यापार र नागरिकहरूको सुरक्षा र तिनीहरूको जीविकोपार्जनको रक्षा गर्न महत्त्वपूर्ण कदम च...

सीपीसीका सदस्यहरु चीन समर्थित एसियाली पूर्वाधार बैंकमा हाबी

काठमाडौं । बेइजिङ नेतृत्वको बहुपक्षीय विकासको मुद्दाका कारण चीन र क्यानडा बीचमा फेरि नयाँ विषयले द्वन्द्व सिर्जना गरिरहेको छ। यही समयमा एसियाली पूर्वाधार विकास बैंक (एआईआईबी) मा कम्युनिष्ट पार्टीका सदस्यहरुको वर्चस्व देखिन्छ। केही साताअघि मात्रै यी दुई देशले एकअर्काका कूटनीतिज्ञलाई निष्कासन गरेपछि द्विपक्षीय सम्बन्ध...

चीनमा बेइजिङ एलजीबीटी केन्द्रको सञ्चालन बन्द

बेइजिङ । १५ वर्ष पुरानो ‘बेइजिङ एलजीबीटी केन्द्र’ ले चीनमा ‘विभिन्‍न यौन अभिमुखीकरण आन्दोलन’ मा सरकारले रोक लगाएकोले आफ्नो सञ्चालन अन्त्य गरेको घोषणा गरेको भ्वाइस अफ अमेरिकाले रिपोर्ट गरेको छ। बेइजिङ एलजीबीटी केन्द्र चीनमा एलजीबीटी मानिसहरूको जीवन वातावरण सुधार गर्न समर्पित थियो। विश्लेषकहरूका अनुसार सुप्र...

अमेरिकी विदेशमन्त्री चीनमै छँदा चिनियाँ बमवर्षक जहाजद्वारा ताइवान घेराउ !

काठमाडौं । चिनियाँ बमवर्षक विमानहरुले ताइवानलाई घेरेका छन् । सोमबार राति भएको घेराउको जानकारी ताइवानी नागरिकहरुलाई दिइएको चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्सले उल्लेख गरेको छ । भ्रमणमा आएका अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिन्कन चीनमै रहेको र राष्ट्रपति सी जिनफिङसँग भेट भएकै दिन ताइवानलाई बमवर्षक विमानले घेरेको अभ्य...

भारतीय प्रधानमन्त्री मोदी अमेरिकामा : एलन मस्कले भने- म मोदीको फ्यान हुँ

नयाँ दिल्ली । प्रधानमन्त्री मोदीले आफ्नो चार दिने अमेरिका भ्रमणको क्रममा बुधबार टेस्लाका सीईओ एलन मस्कलाई भेटेका छन् । एलन मस्कलाई भेट्नुअघि प्रधानमन्त्री मोदीले प्रसिद्ध प्रोफेसर नसिम तालेब र प्रोफेसर रोबर्ट थर्मनलाई पनि भेटेका थिए। प्रधानमन्त्री मोदीसँगको भेटपछि टेस्लाका सीईओ एलन मस्कले यसलाई निकै राम्रो भेट भएको ...

अमेरिकाले चीनबाट खोस्यो ‘विकासशील देश’को दर्जा

एजेन्सी । अमेरिकाले चीनलाई आर्थिक मोर्चामा कडा प्रहार गरेको छ । अमेरिकी सिनेटले नयाँ कानूनलाई अनुमोदन गरेको छ, जस अन्तर्गत अमेरिकाले अब चीनलाई विकासशील देशको दर्जा दिने छैन। अमेरिकाको यो कदमले चीनमा ठूलो असर पार्नेछ। उक्त कानुनका कारण चीनले अब विश्व बैंक र अन्य वित्तीय संस्थाबाट सहज र कम ब्याजदरमा ऋण लिन सक्नेछैन । वि...

तीब्र आर्थिक वृद्धि हासिल गरिरहेको चीनमा एकाएक देखिएको संकट के हो ?

धिरज पौड्याल चीन विश्वको दोश्रो ठूलो अर्थतन्त्र हो । पछिल्लो दुई दशकमा चीनले द्रुत गतिमा आर्थिक वृद्धि हासिल गर्दै कुल गार्हस्थ उत्पादनको आकार करिब २०० खर्ब डलर बराबर बनाएको छ । यद्दपि, सन् २०१६ पछि भने देशको आर्थिक वृद्धिदरमा केही कमी देखिँदै आएको छ । सन् २०१६ पछि चीनको आर्थिक वृद्धिदरमा संकुचन आउनुको कारण, यसको ब्या...

चीनमा बढ्यो जनआक्रोश र विरोध

बेइजिङ । एक महिनाको अवधिमा हालैका दुई घटनाहरूले स्थानीय चिनियाँ जनतामा देशको सार्वजनिक प्राधिकरण र कानून प्रवर्तन एजेन्सीहरू विरुद्धको आक्रोश र निराशा तीव्ररुपमा बढिरहेको देखाएको छ। जुन १३, २०२३ को साँझ सिचुआनको नेइजियाङ सहरको डोङ जिङ क्षेत्रमा सार्वजनिक विरोध भड्किएको हो। गस्ती कर्मचारी र सहरी व्यवस्थापनको ६ जनाको ...