सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक पक्राउ

काठमाडौं । सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक पक्राउ परेका छन् । बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक लिङ चुवान पक्राउ परेको प्रहरीले जनाएको छ । उनी नेपाल छोडेर जाने तयारीमा रहेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् । उनी तिब्बत एयरमार...

नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई अर्थमन्त्री डा. महतको आह्वान

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल लगानी र प्रतिफलको दृष्टिले उर्बर रहेकाले निर्धक्कसँग लगानी गर्न आह्वान गरेका छन्। भारतको गुजरात चेम्बर अफ कमर्सले मङ्गलबार गुजरातमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले भारतीय उद्योगी व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान गरेको अर्थ मन्त्रालयले जनाएको छ...

बरामद गरिएको चिनियाँ मदिरा २ लाख ५४ हजारमा लिलामी

सिमकोट । हिल्सा नाका खुलेसँगै लुकिछिपी ल्याउँदै गर्दा बरामद भएको चिनियाँ मदिरा लिलाम बिक्री गरिएको छ। यारी नाका भन्सार कार्यालयले सूचना निकालेर उक्त मदिरा लिलामी गरेको हो। छनोट प्रक्रियाका लागि मूल्यांकन समितिका सदस्य प्रहरी निरीक्षक गीताप्रसाद चौधरीले प्रहरीले बरामद गरेको चिनियाँ मदिरा लिलामीमा बिक्री भएको बताए। का...

अन्तरदेशीय रेलमार्ग अन्तर्गतको कुर्था–बिजलपुरा रेल खण्ड सञ्चालनमा

काठमाडाैं । जयनगर–बिजलपुरा–बर्दिवास अन्तरदेशीय रेलमार्ग अन्तर्गतको कुर्था–बिजलपुरा रेल खण्ड सञ्चालनमा आएकाे छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बिजलपुरामा आयोजित एक समारोहबीच जयनगर–बिजलपुरा–बर्दिवास अन्तरदेशीय रेलमार्ग अन्तर्गतको कुर्था–बिजलपुरा रेल खण्डको शुभारम्भ गरेपछि सञ्चालनमा आएकाे हाे । उक्...

भारतद्वारा नेपाललाई ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस उपहारस्वरुप प्रदान

काठमाडाैं । भारत सरकारले नेपाललाई ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरेकाे छ । देशभर रहेका विभिन्न जिल्लाका संघ संस्थालाई ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएकाे काठमाडाैंस्थित रहेकाे भारतीय राजदूतावासले जनाएकाे छ। दूतावासले एक कार्यक्रमकाे आयाेजना गरी आज नेपालका विभिन्न जिल...

नमस्ते ग्यास उद्याेगका सञ्चालक फुयाँलकाे सम्पति लिलामकाे तयारीमा

काठमाडौं । नमस्ते ग्यास उद्याेग प्रालिका सञ्चालक सुरेन्द्र प्रसाद फुयाँलकाे सम्पति लिलाम अवस्थामा आएकाे छ । नेपाल बैंक लिमिटेडले असार २७ गते एक सूचना प्रकाशित गर्दै ऋणी फुयाँलले ३५ दिनभित्र कर्जा चुक्ता गरे उहाँकाे सम्पति लिलाम हुने जनाएकाे छ । उक्त समयावधिभित्र कर्जा चुक्ता नगरे धितोमा रहेको घरजग्गा लिलाम गरिने ...

हुम्लाका होटलमा अवैध चिनियाँ मदिरा बरामद

हुम्ला । चीनसँगको सिमाना हिल्सा नाका खुलेसँगै लुकिछिपी ल्याएको अवैध चिनियाँ मदिरा प्रहरीले बरामद गरेको छ। प्रहरीले सर्केगार्ड गाउँपालिकाबाट खच्चडमा ढुवानी गरी खार्पुनाथ गाउँपालिका केन्द्र याङ्चु बजारमा बिक्री गरेको सूचनाका आधारमा गस्तीमा रहेको प्रहरीले सो मदिरा बरामद गरेको हो। प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले अ...

केरुङ प्रवेशमा व्यवसायीलाई अवरोध

काठमाडाैं । चीनले केही समयअघि नाका खुला गरेपनि केरुङ प्रवेशमा व्यवसायीलाई अवरोधगरेपनि उनीहरुले सहज बनाउन माग गरेका छन् । नेपाल–चीन बीचको उत्तरी नाका रसुवागढीबाट केरुङ जान पाउने परिचयपत्र सहजरूपले उपलब्ध गराउन व्यवसायीले आग्रह गरेका हुन्। व्यवसायी आफै केरुङ जान नपाउँदा सवारी साधन मात्र पठाउनुपर्ने बाध्यता रहेकाले रसुवा...

चिनियाँ एप टिकटकका कारण २ सय ८ प्रहरी कारबाहीमा

काठमाडौं । बर्दी लगाएर टिकटक भिडियो बनाएका २०८ जना प्रहरी कारबाहीमा परेका छन् । प्रहरी प्रधान कार्यालयले बर्दी लगाएर भिडिओ बनाई टिकटकमा राख्ने प्रहरीलाई कारबाही गरेको जानकारी दिएको छ । जसअनुसार २०७७ सालदेखि असार २२ गतेसम्म २०८ जना प्रहरी कारबाहीमा परेका हुन् । चेतावनीपछि पनि उक्त कार्य दोहोरिएमा एक दिनको तलब क...

‘सिल्क रोडस्टर’ नामक नयाँ कार्यक्रम लिएर नेपाल आयो चिनियाँ टोली

काठमाडाैं । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले ‘सिल्क रोडस्टर’ नामक नयाँ कार्यक्रम अघि सारेको छ। यो कार्यक्रम घोषणा भएपछि पहिलो पटक नेपालमा कार्यान्वयन गरिएको छ। बिहीबार भक्तपुरमा माओवादी केन्द्रका महासचिव देव गुरुङले कार्यक्रमको उद्घाटन गरे। जहाँ अन्य पार्टीका प्रतिनिधि पनि सहभागी थिए। कार्यक्रम...