विश्व हिन्दु महासंघद्वारा अधिवक्ता खड्का सम्मानित

काठमाडौँ । हिन्दुहरूको साझा संस्था विश्व हिन्दु महासंघले कानून तथा न्यायको क्षेत्रबाट सनातन हिन्दु धर्मको संरक्षण एवं प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै अधिवक्ता अर्जुन खड्कालाई सम्मान गरेको छ । महासंघले आफ्नो ४४औँ स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित विशेष समारोहमा अधिवक्ता खड्कालाई सम्मान गरेको हो । रा...

दूधको भुक्तानी माग्दै किसानको प्रदर्शन

नवलपरासी पूर्व । नवलपरासी पूर्वका किसानहरू दूधको भुक्तानी नपाएको भन्दै विरोध प्रदर्शनमा उत्रिएका छन् । बिहीबार उनीहरूले कावासोतीमा पूर्व-पश्चिम राजमार्ग अवरुद्धसमेत गरेका छन् किसानहरूले सडकमै दूध खन्याएर सरकारविरुद्ध आक्रोश पोखेका छन् । किसानहरूले 'मिल्क होलिडे' बन्द हुनपर्ने र दूधको मूल्य र बिक्रीको जिम्मा सरकारले...

वार्ता निष्कर्षविहीन, आन्दोलनलाई थप सशक्त बनाउँदै मिटरब्याज पीडित

काठमाडौँ । मिटरब्याज पीडितहरूले आन्दोलनलाई थप सशक्त बनाउने भएका छन्। सरकारसँगको तीन पटकको वार्ताबाट कुनै निष्कर्षमा नपुगेपछि पीडितहरूले आन्दोलनलाई थप सशक्त बनाउने तयारी गरेका हुन्। यद्यपि आन्दोलनको बिच सरकारसँगको वार्तालाई भने निरन्तरता दिने उनीहरूको भनाई छ। विभिन्न ६ बुँदे माग अघि सारेर आन्दोलन गर्दै आएका पीडितहर...

प्रहरीले हटायो सिंहदरबार, संसद् भवन र प्रधानमन्त्री निवासबाहिर फुटपाथमा लगाएको डोरी

काठमाडौँ । नागरिकस्तरबाट व्यापक आलोचना भएपछि प्रहरीले नयाँ बानेश्वरस्थित संसद् भवनबाहिर र सिंहदरबार परिसरबाहिर फुटपाथमा लगाएको डोरी हटाएको छ ।  सुरक्षामा गम्भीर लापरबाही हुँदा लघुवित्त र मिटरब्याजपीडित आन्दोलनकारीको समूह संसद् परिसरभित्र पसेपछि प्रहरीले संसद् भवन र सिंहदरबारबाहिरका फुटपाथमा डोरी लगाएर सर्वसाधारणलाई ...

ऋणको जन्जालमा पोखरा विमानस्थल

काठमाडाै । चिनियाँ ऋण लिएर बनाइएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ऋण र चिनियाँ कानुनको जन्जालमा फसेको छ । ऋणसम्बन्धी विषयमा आयोजना निर्माण पक्षका गल्तीका कारण पछिल्लो समय नेपालस्थित चिनियाँ दूतावासले नेपाल सरकारलाई कूटनीतिक नोट नै पठाएको हो । परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय हुँदै आएको कूटनीतिक नोटको विषयमा हाल ...

हुण्डी कारोबारी चिनियाँ नागरिक १२ लाखसहित पक्राउ

काठमाडौं । प्रहरीले हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चीनको संघाई घर भइ हाल भक्तपुरको ठिमी नगरपालिका–३, गठ्ठाघर बस्दै आएका २८ वर्षीया झोउ जियू रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए । प्रहरीले उनको साथमा रहेको झोलाबाट १२ लाख...

चिनियाँ दबाबपछि छोट्याइयो नोबेल पुरस्कार विजेताहरूको सम्मेलन

लुम्बिनी । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा मार्च १० देखि १२ (फागुन २७-२९) सम्म हुने भनिएको चौथो इन्टरनेशनल लुरिएट्स एन्ड लिडर्स समिटको समय एक दिन छोट्याइएको छ । लुम्बिनी प्रदेश सरकारले तीन दिनका लागि तयारी गरिरहेको बेला एक दिन छोट्याएर कार्यक्रम एक दिन उता सारिएको हो । कार्यक्रमको तयारी प्रदेश सरकारका मुख्यमन्त्री ...

चीनले किमाथाङ्का र ओलाङचुङगोला नाका नखाेल्दा सीमावासीकाे अवस्था जटिल बन्दै

काठमाडाैं । कोभिड महामारी सँगै चीनले बन्द गरेका ताप्लेजुङको ओलाङचुङगोला र सङ्खुवासभाको किमाथाङ्का नाका अझै सञ्चालनमा आएका छैनन्। नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार मुलुक चीनसँगका दुई ठूला अन्तर्राष्ट्रिय व्यापारिक नाकाहरू चार वर्षदेखि ठप्प रहँदा चिनियाँ बजारमा आश्रित सो क्षेत्रका बासिन्दाहरूको जनजीवन जटिल बनिरहेक...

अयोध्या जाँदै परराष्ट्रमन्त्री साउद, राममन्दिरमा ५ किसिमका आभूषण चढाउने

रायसिना डायलगमा सहभागी हुन नयाँ दिल्लीमा रहेका परराष्ट्रमन्त्री एनपी साउद रामललाको दर्शन गर्न अयोध्या जाँदै छन्। परराष्ट्रमन्त्री साउद अयोध्यास्थित राममन्दिरमा पाँच प्रकारको आभूषण समर्पण गर्ने जनाएको छ। परराष्ट्र मन्त्री साउदको आज बिहान ११ बजे दिल्लीबाट विशेष विमानमा अयोध्या पुग्ने कार्यक्रम छ। उनलाई अयोध्यास्थित मह...

शालीनदीमा श्रद्धालु र ब्रतालुको भीड

काठमाडौँ । आज बिहानैदेखि स्वस्थानी व्रत समापन गर्न साँखुको शालीनदीमा श्रद्धालु र ब्रतालुको भीड लागेको छ । हरेक वर्ष पौष शुक्ल पूर्णिमामा सुरु गरी माघ शुक्ल पूर्णिमासम्म श्रीस्वस्थानीको व्रत बस्ने, पूजा गर्ने र कथा सुन्ने परम्परा छ। माघ शुक्ल पूर्णिमाका दिन दीप–कलश–गणेशको पूजा गरी अष्ट दलमा अष्टमातृकासहित श्रीस्वस्थानी ...